नागरिकता विधेयक : राष्ट्रिय सभाबाट पठाएको संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत
काठमाडौँ । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक , २०८१ माथि राष्ट्रिय सभाबाट आएको संशोधन प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत गरेको छ ।
सभाको बुधबारको बैठकले राष्ट्रिय सभाबाट आएको संशोधनलाई बहुमतले स्वीकृत गरेको हो ।
यसअघि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
छलफल सहभागी हुँदै सांसदहरूले विधेयक पास भएपछि नागरिकता प्राप्तिका क्रममा नागरिकले भोग्नुपरेका विद्यमान समस्याहरू हटेर जाने विश्वास व्यक्त गरे ।
आमाको नामबाट नागरिकता पाउने व्यवस्थाले पहिचान नभएका तथा बाबुले असहयोग गरेका सन्तानलाई राहत मिल्ने उनीहरूको विश्वास छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधेयकलाई महिलाको सम्मानसँग जोड्दै यसको समर्थन गरे । उनले यो विधेयकले नागरिकसम्बन्धी नागरिकले भोग्दै आएका सबै प्रकारका कानुनी अप्ठ्याराहरू अन्त्य गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘यो विधेयकले राष्ट्रका धेरै समस्याहरूलाई समाधान गर्दै छ । यसका लागि सरकार र मन्त्रीलाई धन्यावाद दिन चाहन्छु । नागरिकता प्राप्तिको अधिकार हुँदाहुँदै पनि त्यो अधिकारबाट वञ्चित नागरिकले यो विधेयक पास भएपछि सहजता महसुस गर्नेछ । आामा र बुबा दुवै नामबाट नागरिकता पाउने विश्वव्यापी मान्यता जुन नेपाल सरकारले पनि अपनाउन सुरु गरेको छ ।’
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि विधेयकको समर्थन गरे । उनले विधेयकले महिलाको सम्मान गरेको बताए ।
उनले संविधानमा व्यवस्था भएपनि व्यवहारमा लागू नभएका कारण नागरिकले भोग्नुपरेको दुःखको यस विधेयकले अन्त्य गर्ने विश्वास व्यक्त गरे । बालबालिकालाई परिचयपत्र दिने व्यवस्था पनि विधेयकको महत्त्वपूर्ण विषय भएको उनको भनाइ छ ।
उनले भने, ‘यो विधेयकको सबैभन्दा महत्त्वपूर्ण विषय भनेको महिलाको सम्मान हो । हाम्रो समाजमा रहेको ठुलो समस्याको समाधान यस विधेयकले गरेको छ । यसअघि संविधानमा व्यवस्था भएपनि कानुनमा नलेखिएको भन्दै नागरिकले जुन दुःख पाउने गर्नुभएको थियो । त्यो समस्याको समाधान यो विधेयकले गरेको छ । नाबालकहरूलाई पनि परिचयपत्र दिने जुन विषयवस्तु छ यो पनि महत्त्वपूर्ण विषय हो । रेकर्ड पनि हुने र पछि समस्या पनि नहुने कुरा स्वागतयोग्य रहेको छ । म यो विधेयकको समर्थन पनि गर्दछु ।’
सरकारले आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्न नागरिकता ऐन संशोधन गर्नको लागि विधेयक ल्याएको हो ।विधेयक पास भइसकेपछि बाबुले असहयोग गरेका तथा पहिचान नै नभएका नागरिकले समेत आमाको नामबाट मात्रै पनि नागरिकता पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण