३२औँ आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान
सारांश
- नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई गृह मन्त्रालयमा दर्ज्यानी चिह्न प्रदान गरियो।
- प्रहरी ऐन अनुसार, खापुङ २ महिना ७ दिन मात्र पदमा रहनेछन्, किनकि उनी कार्तिक २६ मा अवकाशमा जानेछन्।
- खापुङ २०५२ मा प्रहरी निरीक्षकमा नियुक्त भएका थिए र उनले विभिन्न ठाउँमा कमान्ड सम्हालेका थिए।
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा फुली लगाइदिएका हुन् । भदौ १३ मा बसेको मन्त्रिपरिषद्ले उनलाई ३२औँ महानिरीक्षक नियुक्त गरेको थियो ।
अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार नवनियुक्त प्रहरी महानिरीक्षक खापुङ छोटो समय मात्र पदमा रहन्छन् । संसदमा छलफलमा रहेको प्रहरी विधेयक पारित नभएको अवस्थामा उनले २ महिना ७ दिन मात्र प्रहरीको कमान्ड समाल्ने छन् ।
खापुङ २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए । प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधि पुरा गरेर उनी आगामी कार्तिक २६ मा अवकाशमा जान्छन् ।
नवनियुक्त आईजीपी खापुङ २०२७ मङ्सिर २३ मा तेह्रथुमको मेन्छ्यायोम गाउँपालिकामा–६ मा जन्मिएका थिए । जेन्डर स्टडिजमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका खापुङले इन्स्पेक्टर हुँदा मोरङको इलाका प्रहरी कार्यालय बेलबारी लगायतका ठाउँमा कमान्ड गरेका थिए ।
डीएसपीमा उनले प्रहरी वृत्त चापागाउँ, इलाका प्रहरी कार्यालय धरान र प्रहरी वृत्त दरबारमार्गको इन्चार्ज भएर काम गरे । २०७३ पुसमा एसपीमा बढुवा भएका उनले जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी प्रधान कार्यालय स्थित कर्मचारी प्रशासन शाखाको कमान्ड गरेका थिए ।
२०७७ वैशाखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका खापुङले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरे । त्यस्तै उनले नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेको पनि कमान्ड गरेका थिए ।
२०८० वैशाख ६ मा डीआईजी भएका खापुङले कोशी प्रदेशको प्रहरी प्रमुख र अख्तियारमा बसेर काम गरेका थिए । उनले इटाली, भियतनाम र चीनमा समेत गरेर विविध विषयमा १४ वटा तालिम लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण