नेपाल टेलिकमका तत्कालीन निर्देशक पौडेल लगायत ९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
सारांश
- नेपाल टेलिकमका पूर्व निर्देशक सुनिल पौडेलसहित ९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ।
- विशेष अदालतले सफाइ दिएका पूर्वसचिवहरू र अन्यलाई अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको छ।
- राष्ट्रिय भुक्तानी प्रणाली खरिद भ्रष्टाचारमा दोषी ठहर भएका पौडेललाई ९ वर्ष कैद सजाय सुनाइएको थियो।
काठमाडौँ । नेपाल टेलिकमका तत्कालीन निर्देशक सुनिल पौडेल लगायतको ९ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय डा.कुमार चुँडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
पूर्वसचिवहरू मधुकुमार मरासिनी, सञ्जय शर्मा लगायतलाई भ्रष्टाचारको आरोपबाट सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।
२५ वैशाख २०८१ मा विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली खरिद भ्रष्टाचारमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनीबाट २३ करोड २७ लाख असुल्नुपर्ने अनि त्यति नै रकम जरिवाना हुने फैसला गरेको थियो ।
पौडेललाई विशेष अदालतले दोषी ठहर गरे पनि अख्तियारले भने आंशिक ठहर मात्रै गरेको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ अन्तर्गतको थप सजाय तर्फको अभियोग दाबी नपुग्ने ठहर अदालतले गरेको थियो ।
विशेष अदालतबाट भ्रष्टाचार मुद्दा लागेका सचिव मधुकुमार मरासिनी सहित ६ जनाले सफाइ पाएका थिए । रामबहादुर बुढा, रमेश प्रसाद पोखरेल भन्ने रमेश पोख्रेल, रामशरण गायक, सफल श्रेष्ठ र निमबहादुर वलीले सफाई पाएका थिए ।
भ्रष्टाचारमा नै दोषी ठहर भएकाहरूलाई आफूले माग दाबी गरे सरह बढी सजाय हुनुपर्ने अख्तियारको दाबी छ । भ्रष्टाचारमा संलग्न भएको प्रमाण हुँदाहुँदै पनि विशेष अदालतले त्रुटिपूर्ण ढङ्गले उनीहरूलाई सफाइ दिएको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन दर्ता गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण