बसाइँसराइका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव दखियाे : उपप्रधानमन्त्री सिंह
सारांश
- उपप्रधानमन्त्री प्रकाशमान सिंहले सामुदायिक विद्यालयमा विद्यार्थी अभावबारे चिन्ता व्यक्त गरे।
- उनले विद्यालयको भौतिक पूर्वाधार सुधार गरी सदुपयोग गर्नुपर्ने बताए।
- सिंहले विद्यार्थीलाई अनुशासित भई अवसरको महत्व बुझ्न आग्रह गरे।
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औँ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले चिन्ता व्यक्त गरेका हुन् । उनले अहिले सामुदायिक विद्यालयमा बसाइसराइ लगायतका विभिन्न कारणले विद्यार्थीको अभाव हुँदै गइरहेको बताए । उनले अब विद्यालयको भौतिक पूर्वाधार सुधार गर्दै उचित सदुपयोग गर्न जरुरी रहेको समेत बताए ।
राजनीतिमा आएको परिवर्तनका कारणले नै अहिले नेपालमै विद्यार्थीले आफूले चाहेका विषयहरू रोजेर पढ्न सक्ने बताए । अध्ययनका लागि विदेश जानेहरूलाई रोक्न नसकिने पनि स्पष्ट पारे ।
उनले भने, ‘अहिलेको समयमा सामुदायिक विद्यालयमा कस्तो भइरहेको छ भने बसाइँसराइ लगायतका कारणले पहिला विद्यार्थीको चाप भएको सामुदायिक स्कुलहरू अहिले विद्यार्थीको अभाव हुँदै गइरहेको छ । विद्यालयका भौतिक पूर्वाधारहरू छन् । अब त्यसलाई समयको मागअनुसार सदुपयोग गर्न सक्नुपर्छ ।’
उनले थप भने, ‘समयअनुसार विद्यालय सञ्चालन गर्न सक्नुपर्छ । नेपालको विद्यार्थीको स्टाटस जुन छ त्यसको तुलना गर्दा पहिला र अहिलेको धेरै अन्तर भइसकेको छ । राजनीतिमा आएको परिवर्तनका कारणले तपाईंहरुले आफ्ना इच्छा बमोजिम पढ्न सक्नुहुन्छ । पढ्न विदेश जानु पर्दैन । विदेश जानु नै छ भने त्यसमा रोक्न मिल्दैन । क्वालिटी एजुकेसन हाम्रै क्याम्पस र स्कुलहरूमा छ ।’
उपप्रधानमन्त्री सिंहले विद्यार्थी अनुशासित हुनुपर्ने र प्राप्त अवसरको महत्वलाई बुझेर अघि बढ्नुपर्ने जरुरी रहेको बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण