फेसबुक बन्द भएपछि टेलिकमले खोज्यो विकल्प
शुक्रबार, २० भदौ २०८२, १५ : ००
१
सारांश
- नेपाल सरकारको निर्णय अनुसार सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय भएपछि नेपाल टेलिकमको ग्राहक सेवा प्रभावित भएको छ।
- ग्राहक सेवाका लागि फेसबुक जस्ता माध्यम बन्द भएपछि टेलिकमले नयाँ विकल्पको रूपमा भाइबर कम्युनिटी सञ्चालनमा ल्याएको छ।
- ग्राहकहरूले अब आफ्ना जिज्ञासा र गुनासाहरू ९७६५०११०८८ नम्बरको भाइबर कम्युनिटीमार्फत राख्न सक्नेछन्।
काठमाडौँ । नेपाल सरकारको निर्णयअनुसार सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय भएपछि नेपाल टेलिकमको ग्राहक सेवा पनि प्रभावित भएको छ ।
ग्राहकको जिज्ञासा र गुनासो सम्बोधनका लागि कम्पनीले अघिसम्म फेसबुक जस्ता माध्यममार्फत सेवा दिँदै आएको थियो । तर, सामाजिक सञ्जाल निष्क्रिय भएपछि कम्पनीले नयाँ विकल्पका रूपमा ‘Nepal Telecom Customer Care’ नामको भाइबर कम्युनिटी सञ्चालनमा ल्याएको जनाएको छ ।
ग्राहकले आफ्ना जिज्ञासा र गुनासाहरू अब ९७६५०११०८८ नम्बरमा उपलब्ध भाइबर कम्युनिटीमार्फत राख्न सक्ने टेलिकमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण