रवीन्द्र ढाँट रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डर नियुक्त
सारांश
- नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोहिणी इन्टरनेसनलको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन्।
- इक्यानका अध्यक्षका अनुसार, ढाँटलाई एम्बास्डर बनाउनु गर्वको विषय हो, र उनले खेल क्षेत्रमा योगदान दिएका छन्।
- ढाँटले यो जिम्मेवारीलाई सहयोगको रूपमा लिने बताएका छन् र आगामी बाटो सहज हुने विश्वास व्यक्त गरेका छन्।
काठमाडौँ । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँट रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन्।
१७ वर्ष पुरानो रोहिणी इन्टरनेसनलले आफ्नो सफलताको यात्रामा ढाँटलाई एम्बास्डर बनाएर नयाँ अध्याय सुरु गरेको छ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराईले ढाँटजस्तो व्यक्तित्वलाई एम्बास्डर बनाउनु गर्वको विषय भएको बताए। उनले भने, 'देशले यस्तो व्यक्तित्व पाउनु सौभाग्य हो, उनले नेपालको खेल क्षेत्रमा ठुलो योगदान दिएका छन्।'
रोहिणी इन्टरनेसनलका प्रबन्ध निर्देशक श्याम भण्डारीले ढाँटको मेहनत र समर्पणले युवालाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। ब्रान्ड एम्बास्डर बनेपछि रवीन्द्र ढाँटले यो जिम्मेवारीलाई प्रचारभन्दा बढी सहयोगको रूपमा लिने बताएका छन्। उनले भने, 'जीवनमा अझ धेरै गर्न बाँकी छ, आगामी बाटो सहज हुने विश्वास छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण