१० बजे १० समाचार : एमाले मन्त्रीको ‘हिट एन्ड रन’, विधान महाधिवेशनमा विद्याको वकालत
आज २०८२ भदौ २१ गते शनिबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- एमाले विधान महाधिवेशन
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रतिवेदनमाथिको छलफलमा सहभागीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि पार्टीमा समेट्नुपर्ने धारणा राखेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज हलमा बन्दसत्र अन्तर्गत दोस्रो दिन जारी विधान महाधिवेशनमा १० वटा समूहमा विभाजन गरेर भएको प्रतिवेदनमाथिको छलफलका क्रममा प्रतिनिधिहरूले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा आउन रोक्न नहुने धारणा राखेका हुन् ।
- ओलीको ‘नेपाली विशेषताको समाजवाद’
देशभरका झन्डै २४ सय एमाले महाधिवेशन प्रतिनिधि दुई दिनदेखि ललितपुरको गोदावरीमा पार्टीको विधि र नीतिका बारेमा ‘मन्थन’ गरिरहेका छन् । आगामी दिनमा पार्टीको मूल विधि, नीति र पार्टी संरचना कस्तो हुने भन्ने निर्क्योल गर्न काठमाडौँ आएका उनीहरूले नेतृत्वद्वारा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधानसम्बन्धी लगायतका प्रस्तावमा केन्द्रित भएर छलफल गरिरहेका छन् ।
- माओवादीको अभियान
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पोखराबाट पुनः सुरु गरेको छ। जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको अभियान बर्खाका कारण जेठ १० गते पोखरामा स्थगित भएको थियो। आज दिउँसो रूपा गाउँपालिका–१ स्यास्त्रीस्थित शहीद पार्कमा शहीद चन्द्रप्रसाद खनालको सालिकमा माल्यार्पण गर्दै अभियानलाई पुनः आरम्भ गरिएको हो।
- मन्त्रीको गाडीले ठक्कर
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएपछि स्थानीयले ललितपुरको हरिसिद्धि सडक अवरुद्ध पारेका छन् । हरिसिद्धि सडकको उकालोमा बालकलाई गाडीले ठक्कर दिएको हो । घाइते बालकलाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको र उनको अवस्था सामान्य देखिएको प्रहरीले जानकारी दिएको छ ।
- सामाजिक सञ्जालमा प्रतिबन्ध
सरकारले फेसबुक, एक्स (ट्विटर), युट्युबलगायत सामाजिक सञ्जालमाथि 'दर्ता नभएको' बहानामा लगाएको प्रतिबन्धप्रति नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा पदाधिकारीहरूले विरोध जनाएका छन् ।
- ललितपुरमा सुरक्षा र सुन्दरता
ललितपुर कला र संस्कृतिको जीवन्त सहर । पाटन दरबार स्क्वायरका इँटामा प्राचीन कथा गुञ्जिन्छन्, हरेक गल्लीमा परम्परागत शिल्पको सुगन्ध छरिएको छ । तर केही समयअघिसम्म यस सुन्दर सहरको मुहारमा एउटा दाग थियो, सडकका बिचमा राखिएका कङ्क्रिटका खस्रा र निर्जीव डिभाइडरहरू ।
- क्षतिग्रस्त बीपी राजमार्ग
२०८१ असोजको दोस्रो साता आएको बाढीका कारण भकुन्डेबेसीँ देखि नेपालथोकसम्म करिब २९.५ किलोमिटर ध्वस्त भएको बीपी राजमार्ग अहिले अस्थायी रूपमा सञ्चालनमा छ । गत वर्ष दसैँको मुखमा अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले उक्त सडक खण्डमा क्षति गरेको थियो ।
- पल्सर स्पोर्ट्स अवार्ड
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औँ संस्करणको विभिन्न विधाका वर्षको उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला, युवा र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको छ।
- बीमा प्राधिकरणको अध्यक्ष
नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्। नेपाल सरकार, अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले दिएको सूचना अनुसार ७ दिनको म्यादभित्र आवेदन दिनेहरुको सूची सार्वजनिक भएको हो।
- शनिबार विशेष
रातोपाटी शनिबार विशेष सामग्री :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण