पुष्पलाल लोकमार्ग अभियान सुरु गर्न प्रचण्ड पोखरामा
शनिबार, २१ भदौ २०८२, १३ : ५७
सारांश
- माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पुनः सुरु गर्ने भएको छ।
- बर्खाको कारण स्थगित भएको अभियान भदौ २१ गते पोखराबाट सुरु हुनेछ।
- पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार अभियान सुरु गर्न लागिएको हो।
पोखरा । नेपाल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जेठ २ गते बैतडीको पाटनबाट सुरु गरेर बर्खाको मौसम लागेकाले रोकिएको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग ) केन्द्रित अभियान पुनः सुरु गर्ने भएको छ ।
बर्खाको मौसमका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान पोखराबाट आज (भाद्र २१ गते) दिउँसो ३ बजे रुपा-१ स्यास्त्री स्थित शहीद पार्कबाट पुनः सुरु हुने भएको हो ।
साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार बाँकी जिल्लामा भदौ २१ देखि सुरु गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण