समाचार
बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाको आवेदन
शनिबार, २१ भदौ २०८२, १५ : ३९
सारांश
- नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्।
- अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले ७ दिनको म्याद दिएको थियो।
- अध्यक्ष पदका लागि विष्णुबाबु मिश्रसहित १४ जनाले आवेदन दिएका हुन्।
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्।
नेपाल सरकार, अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले दिएको सूचना अनुसार ७ दिनको म्यादभित्र आवेदन दिनेहरुको सूची सार्वजनिक भएको हो।
अध्यक्ष पदका लागि आवेदन दिनेहरूमा विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा. दामोदर बसौला, चिन्तामणि सिवाकोटी, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, प्रा.डा. दीपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई, र महेश्वर न्यौपाने रहेका छन्।
नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि सिफारिस समितिले मिति २०८२/५/१३ मा दरखास्त आह्वान गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण