एमाले महाधिवेशन : कर्ण थापालाई फरक मत पेस गर्नबाट रोके ओलीले
सारांश
- नेकपा एमालेको विधान महाधिवेशनमा कर्ण थापाको फरक मत पेश हुन पाएन।
- अध्यक्ष केपी शर्मा ओलीले समय नदिएपछि थापाले आफ्नो फरक मत पेश गर्न नपाएको गुनासो गरे।
- थापाले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र विद्यादेवी भण्डारीको सदस्यताको विषयमा फरक मत राखेका थिए।
काठमाडौँ । नेकपा एमालेको जारी दोस्रो विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस हुनै पाएन । ललितपुरको गोदावरीमा शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा थापाको फरक मत पनि पेस हुने जनाइएको थियो । तर कार्यसूचीमा राखेर पनि आफ्नो फरक मत पेस हुन नदिएको थापाले गुनासो गरे ।
महाधिवेशनको पहिलो दिन अध्यक्ष, उपाध्यक्ष र महासचिवको प्रस्ताव पेस भएको थियो । बाँकी विभिन्न आयोगका प्रतिवेदन शनिबार पेस गर्ने कार्यतालिका भएपनि थापाको फरक मत पेस हुन नदिइएको हो । अन्य प्रतिवेदन पेस भएलगत्तै ती प्रतिवेदनमाथि समहुगत छलफल सुरु भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आफ्नो फरक मत पेस गर्न समय नदिएको थापाले बताए । ‘अध्यक्षले समय दिनुभएन र फरक मत पेस हुन पाएन’, थापाले रातोपाटीसँग भने, ‘यो अत्यन्त गलत भयो । अलोकतान्त्रिक अभ्यास भयो ।’
यसअघि थापाको फरक मत केन्द्रीय सचिवालयबाट अघि बढाइएको थियो । नेताहरूले थापाको मत महाधिवेशनमा पेस गर्ने सार्वजनिक रूपमै बताएका थिए । ‘कमिटीले पास गरेको हो, सेड्युलमा पनि राखिएको हो तर पेस गर्ने अवसर दिइएन यसको सन्देश राम्रो जाँदैन’, थापाको भनाइ छ ।
थापाले ३२ पेज लामो फरक दस्ताबेज तयार गरेका थिए । उनले खासगरी पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको सवाल उठाउँदै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता होल्ड गर्न नहुने मत उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण