इन्द्रको खटजात्रा इन्द्र दह पुर्याइयो
सारांश
- भक्तपुरमा इन्द्रायणी जात्रा धुमधामका साथ मनाइयो, जसमा देवताको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गरियो।
- इन्द्रजात्रामा हजारौंको भीड सहभागी भई सिद्धपोखरीमा रातभर जात्रा मनाइयो, जहाँ मेला पनि लाग्यो।
- इन्द्रदहमा इन्द्रदेवको सम्झनामा मेला लाग्ने गर्छ, जसलाई राजतन्त्रको पराजय र जनताको विजयको रूपमा लिइन्छ।
भक्तपुर । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई शनिबार साँझबाट भक्तपुरमा भव्य रूपमा जात्रा मनाइएको छ ।
इन्द्रजात्राका दिन शनिबार साँझ स्थानीयले इन्द्रायणी देवताको मूर्तिलाई खटमा राखेर खटजात्रा गरी वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्रदह अर्थात् सिद्धपोखरीमा पुर्याएर जात्रा मनाएका छन् । सिद्धपोखरीमा इन्द्रायणी देवतालाई पुर्याएपछि शनिबार रातभरि र आइतबार दिनभर यहाँ भव्य मेला लाग्ने गर्दछ । शनिबार भक्तपुरको साँझ भक्तपुरका विभिन्न क्षेत्रमा देवतालाई घुमाएर सिद्धपोखरी पुर्याएपछि हजारौँको भीडले रातभर जात्रा गरी आइतबार पूर्णिमाको दिनभर मेला लाग्छ ।
दिनभरको मेला सकिएपछि साँझ बाजागाजाका साथ पुनः भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहमा भित्र्याएपछि इन्द्रजात्रा सम्पन्न हुने परम्परा छ । नेपाल संवत् २१८ मा इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठुलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्रदह रहन गएको भनाइ संस्कृतकर्मी यज्ञ जोशीले जानकारी दिए । स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्रदह रहेको धार्मिक विश्वास रहेकाले यसलाई ‘ञँंकीदह’ पनि भन्ने गरिएको बताउँछन् । यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बालेर झिलिमिली बनाइएको छ ।
कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठुलो असिनापानी पारेपछि कृष्णले गोवर्द्धन पहाड औँलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झना स्वरुप पनि इन्द्रदहमा मेला लाग्ने गरेको इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् । राजतन्त्रको पराजय र जनताको विजयका रूपमा यो जात्रा मनाइने गरेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण