निजामती सेवाले नागरिक केन्द्रित र छरितो सेवा दिनुपर्छ: मन्त्री न्यौपाने
सारांश
- मन्त्री भगवती न्यौपानेले निजामती सेवालाई प्रविधिमैत्री बनाउनुपर्ने बताइन्।
- उनले छिटो, सरल र पारदर्शी सेवा दिनुपर्ने र कर्मचारीको क्षमता अभिवृद्धिमा जोड दिइन्।
- निजामती सेवा दिवसमा उनले कर्मचारीलाई देश र जनताको सेवामा लाग्न प्रोत्साहित गरिन्।
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिनुपर्ने बताएकी छिन् । २२ औँ निजामती सेवा दिवस–२०८२ को अवसरमा सम्पूर्ण मन्त्री न्यौपानेले विश्व तीव्र गतिमा रूपान्तरण भइरहेको आज युगमा डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, बिग डाटा, र नवप्रवर्तनशील उपायहरूको उपयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने बताइन् ।
व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन पद्धति प्रभावकारी बन्न नसक्ने भन्दै मन्त्री न्यौपानेले निजामती सेवाले सरकारलाई नीति निर्माणमा सहयोग गर्नुका अतिरिक्त यसको कार्यान्वयन, सेवा प्रवाह र विकास व्यवस्थापनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन् ।
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन अपरिहार्य हुन्छ’ मन्त्री न्यौपानेले भनिन् ‘त्यसैले, निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिनु अनिवार्य बनेको छ ।’
‘निजामती सेवामा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि, व्यावसायिकता, निरन्तर सिकाई र सुधार मार्फत हामीले नागरिकको विश्वास आर्जन गर्न सक्छौँ’ मन्त्री न्यौपानेले भनिन् ‘राज्यप्रति जिम्मेवार, सदाचारयुक्त, परिणाममुखी र सृजनशील प्रशासनिक संरचना निर्माण गर्नु आजको आवश्यकता हो ।’
मन्त्री न्यौपानेले निजामती सेवा दिवसले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई देश र जनताको सेवा गर्न अझ प्रोत्साहित गर्नेछ भन्ने विश्वास गर्दै शुभकामना व्यक्त गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण