रुसी ड्रोन आक्रमणमा परेर मर्नेमा बालक पनि
आइतबार, २२ भदौ २०८२, १२ : २१
सारांश
- किभमा रुसले गरेको आक्रमणमा एक बालक सहित २ जनाको मृत्यु भएको छ।
- आक्रमणबाट ३ वटा पूर्वाधारमा क्षति पुगेको छ, भने देशका सबै क्षेत्रमा हवाई आक्रमणको चेतावनी दिइएको छ।
- पुटिनले युक्रेनलाई सहयोग नगर्न चेतावनी दिइरहेका बेला रुसले आक्रमण गरेको हो।
किभ । गएको राति रुसले किभमा गरेको आक्रमणमा परेर कम्तीमा २ जनाको मृत्यु भएको छ । मर्नेमा कम्तीमा एक बालक पनि भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बालकको उमेर एक वर्ष भएको बताइएको छ ।
उनको शवलाई भग्नावशेषबाट निकालिएको किभको सैन्य प्रशासनका प्रमुख तैमुर त्काचेन्कोले आइतबार बताए । मृत्यु हुनेमा अर्की एक जवान महिला भएको बताइएको छ । रुसी सेनाले मध्य युक्रेनमा रहेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृह नगरलाई निशाना बनाइरहेका छन् ।
आक्रमणबाट तीन वटा पूर्वाधारमा पनि क्षति पुगेको बताइएको छ । देशका सबै क्षेत्रमा हवाई आक्रमणसम्बन्धी चेतावनी सक्रिय पारिएको थियो ।
युक्रेनलाई सहयोग नगर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूलाई चेतावनी दिइरहेकै समयमा रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण