निजामति विधेयक राजनीतिक सहमतिमै पारित हुन्छ : उपप्रधामन्त्री सिंह
सारांश
- उपप्रधानमन्त्री प्रकाशमान सिंहले कर्मचारीहरूलाई सेवाग्राही केन्द्रित सेवा प्रवाह गर्न निर्देशन दिए।
- निजामती सेवा दिवसमा सिंहले निजामती प्रशासनलाई राजनीतिक मार्गदर्शनमा रही काम गर्न आग्रह गरे।
- उनले निजामती सेवा विधेयक छिट्टै पारित हुने विश्वास व्यक्त गरे, जसले कर्मचारीको माग सम्बोधन गर्नेछ।
काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामति कर्मचारीहरू सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न प्रतिबद्ध हुनुपर्ने बताएका छन् । निजामति सेवा दिवसको अवसरमा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बाेल्दै सिंहले साे कुरा बताएका हुन् ।
उनले समृद्ध नेपाल : सुखी नेपालीको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामति प्रशासनले राजनीतिक मार्गदर्शनमा रही आफ्नो भूमिका बहन गर्नुपर्ने बताए । नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेका सन्दर्भमा निजामति सेवाले सोहीअनुरूप आफूलाई समायोजन, अनुकूलन र परिष्कृत गर्नु अपरिहार्य रहेको सिंहको भनाइ छ ।
‘मुलुकले लिएको दीर्घकालीन लक्ष्य, आवधिक योजना, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्नु निजामति सेवाको मुख्य जिम्मेवारी हो,’ उपप्रधानमन्त्री सिंहले भने- ‘आमजनतामा व्याप्त निराशालाई चिर्दै आशाको सञ्चारसहित राष्ट्र निर्माणको अभियानमा निजामति कर्मचारीहरूको क्रियाशीलता थप अभिवृद्धि हुने विश्वास लिएको छु ।’
उनले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै सङ्घीयताको प्रभावकारी कार्यान्वयन,सार्वजनिक सेवा प्रवाहमा सुधार र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखी सरकार अगाडि बढिरहेको बताए ।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले तहगत प्रशासनिक अन्तरसम्बन्धलाई बलियो बनाउँदै प्रशासनिक सङ्घीयतालाई सुदृढ तुल्याउन कोशेढुंगाकाे रूपमा अपेक्षा गरिएको निजामति सेवासम्बन्धी विधेयक कर्मचारीहरूको माग र भावना समेट्दै राजनीतिक दलहरूको सहमतिमा संसदबाट छिट्टै पारित हुने विश्वास पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण