स्वास्थ्य समस्याका कारण कमेडियन जाकिर खान स्टेज शोबाट ब्रेक लिँदै
सारांश
- भारतीय कमेडियन जाकिर खानले स्वास्थ्य समस्याका कारण स्टेज शोबाट केही समयका लागि विश्राम लिने घोषणा गरेका छन्।
- जाकिरले विगत एक वर्षदेखि बिरामी हुँदाहुँदै पनि लगातार टुर गरिरहेका थिए।
- उनले डाक्टरको सल्लाह अनुसार ब्रेक लिने र इन्डिया टुरमा सीमित शहरमा मात्र प्रस्तुति दिने बताएका छन्।
नयाँ दिल्ली । भारतीय कमेडियन जाकिर खानले स्वास्थ्य समस्याका कारण स्टेज शोजबाट केही समय ब्रेक लिने घोषणा गरेका छन्।
न्यूयोर्कको म्याडिसन स्क्वायर गार्डनमा परफर्म गर्ने पहिलो भारतीय कमेडियन बनेका जाकिरले गत एक वर्षदेखि बिरामी रहँदै पनि लगातार टुर गर्दै आएको बताएका हुन्।
जाकिरले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत स्वास्थ्यसम्बन्धी जानकारी दिँदै भनेका छन्, “म गत १० वर्षदेखि लगातार टुरमा छु। दिनमा २–३ शो, रातभर निन्द्रा नपाउनु, बिहानै फ्लाइट, निश्चित समयमा खान नपाउनु सजिलो थिएन। करिब एक वर्षदेखि बिरामी भए पनि काम गर्नुपर्यो। तर अब डाक्टरको सल्लाहमा ब्रेक लिनुपर्ने भएको छ।’
उनका अनुसार अबको इन्डिया टुरमा सीमित सहरमै प्रस्तुति हुनेछन् र नयाँ शो थपिने छैनन्। यसपटकको स्पेसल रेकर्डिङपछि उनी लामो ब्रेकमा जाने योजना रहेको छ।
करिब १० वर्षदेखि लगातार टुर गरिरहेका जाकिरले प्रशंसकहरूको माया र समर्थनका लागि आभार व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण