अपडेट
जनकपुरधाममा ‘जेनजी’को प्रदर्शन, नगर परिक्रमा गरी जनक चोकमा कोणसभा
सोमबार, २३ भदौ २०८२, १३ : ३०
सारांश
- जनकपुरधाममा जेनजी पुस्ताले सरकारको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा प्रदर्शन गरे।
- युवा समूहले जनकपुरधाम नगर परिक्रमा गर्दै कोणसभा आयोजना गरी नागरिक अधिकारको कुरा उठाए।
- युवा दिवाकर उप्रेतीले सरकारको हस्तक्षेप र सामाजिक सञ्जाल बन्द गरेकोमा खबरदारी गरे।
जनकपुरधाम । सरकारले समाजिक सञ्जालमा लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचारको विरोधमा जनकपुरधाममा पनि जेनजी पुस्ताले सोमबार प्रदर्शन गरेका छन् ।
देशभरका ‘जेनजी’ पुस्ताले सोमबार स्वतस्फुर्त विरोध प्रदर्शन आयोजना गरेका छन् । सोही क्रममा जनकपुरधाममा पनि प्रदर्शन भएको हो । युवाको समूहले जनकपुरधाम नगर परिक्रमा गर्दै जनक चोकमा गएर कोणसभा आयोजना गरेका थिए ।
_CUO9HRUEgS.jpg)
कोणसभामा बोल्दै युवा दिवाकर उप्रेतीले नागरिकको अधिकारलाई सरकारले बारम्बार हस्तक्षेप गरेकाले खबरदारीमा उत्रिएको बताए । सरकारको संरक्षणमा भ्रष्टाचार बढेको र त्यसविरुद्ध आफूहरूले सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आएकोमा सरकारले सामाजिक सञ्जालसमेत बन्द गरिदिएपछि सडकमा ओर्लनुको विकल्प नरहेको उनको भनाइ थियो ।
कार्यक्रममा जनकपुरधामभरिका नवयुवाहरूको सहभागिता थियो ।
_Zsbn0uyaOO.jpg)
_p0ezGocuMM.jpg)
_eDLmGb3D0P.jpg)
_rxcleOJppN.jpg)
_lFJuNB72RN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण