संयोजक नै नतोकी छानबिन समिति गठन गर्ने मन्त्रिपरिषद्को निर्णय
सोमबार, २३ भदौ २०८२, २१ : २६
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले संयोजक नै नतोकी जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु हुनेगरी घटेको घटननाको छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ ।
समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समय दिने निर्णय मन्त्रिपरिषद्ले गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
पहिला मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रमेश लेखक आएपछि नाम टुंग्याउने भनिएको थियो । तर, गृहमन्त्री लेखक आएर राजीनामा दिएपछि नामै नतोकी समिति मात्रै बनाइएको हो ।
अहिले प्रधानमन्न्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिरहेका छन् । त्यो छलफलपछि नाम तोकिन सक्ने स्रोतले बतायो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण