अपडेट
अन्ततः झुके ओली, प्रधानमन्त्री पदबाट राजीनामा
मङ्गलबार, २४ भदौ २०८२, १४ : २६
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।
- जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले राजीनामा दिएका हुन्।
- भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा भएको प्रदर्शनमा सरकारी दमन भएपछि आन्दोलन चर्किएको थियो।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ ।
भ्रष्टाचारको विरोधका साथसाथै सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनजीहरुले सोमबार प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा सरकारी दमन हुँदा १९ जनाको मृत्यु भएपछि मंगलबार आन्दोलन चर्किएको छ ।
प्रदर्शनकारी व्यापक तोडफोडमा उत्रिएर स्थिति नियन्त्रण बाहिर गएसँगै अन्ततः उनले राजीनामा दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण