इन्डोनेसियामा बाढी र पहिरोमा परी ११ जनाको मृत्यु, १३ व्यक्ति बेपत्ता
सारांश
- इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ, १३ जना बेपत्ता छन्।
- बाढीका कारण पूर्वी नुसा तेङ्गारा र बालीमा व्यापक भौतिक क्षति पुगेको छ, घरहरू बगाएका छन्।
- उद्धारकर्मीहरूले विभिन्न क्षेत्रबाट शवहरू फेला पारेका छन् र बेपत्ताहरूको खोजी जारी छ।
डेनपासार, इन्डोनेसिया। इन्डोनेसियाका दुई प्रान्तमा आएको बाढीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १३ जना हराइरहेका छन् ।
सोमबारदेखि परेको मुसलधारे वर्षाका कारण पूर्वी नुसा तेङ्गारा प्रान्त र पर्यटकीय टापु बालीमा बाढी आउनुका साथै र पहिरो गएको छ।
पूर्वी नुसा तेङ्गाराको नागेकेओ जिल्लामा बुधबार एउटा घर बगाएको र एकै परिवारका तीन जनालाई मृत फेला पारिएको छ । उक्त स्थानमा पाँच जना बेपत्ता भएका छन् ।
बालीको प्रान्तीय राजधानी डेनपासारका प्रहरी प्रमुख मुहम्मद इकबाल सिमातुपाङका अनुसार उद्धारकर्मीहरूले विभिन्न क्षेत्रबाट आठ जनाको मृत शरीर निकालेका छन् भने आठ जना हराइरहेका छन् ।
वर्षाका कारण नदीहरूले तटबन्धलाई कटान गरी बाली क्षेत्रका नौ नगर र जिल्लाहरूमा व्यापक भौतिक क्षति पुगेको छ ।
बाढीसँगै मालीमा गएको पहिरोका कारण माटो, चट्टान र रूख पहाडको बस्तीमा खसेका छन् । नदीहरूले कम्तीमा ११२ वटा बस्तीलाई डुबानमा पारेका छन् र धेरै पहिरो गएका बालीको प्रकोप व्यवस्थापन निकायले एक विज्ञप्तिमार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण