चितवनमा जनजीवन सामान्य बन्दै, सेवा प्रवाह नियमित गर्न प्रशासनको निर्देशन
सारांश
- जिल्ला प्रशासन कार्यालय चितवनले सेवा प्रवाह नियमित गर्न निर्देशन दिएको छ।
- कार्यालय व्यवस्थित गर्न र कर्मचारीलाई उपस्थित हुन निर्देशन जारी गरिएको छ।
- कार्यालयको सरसफाइ, क्षतिको विवरण संकलन, र मर्मतयोग्य सामग्रीको सूची पेस गर्न निर्देशन दिइएको छ।
हेटौँडा । जिल्लाको शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले सेवा प्रवाहलाई नियमित गर्न प्रशासन कार्यालयले निर्देशन दिएको छ । कार्यालय व्यवस्थित गर्न र सम्पूर्ण सरकारी कर्मचारीहरूलाई कार्यालयमा उपस्थित हुन जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एक सूचना जारी गर्दै जिल्लाको अवस्था सामान्यीकरणतर्फ उन्मुख भएकाले आजैदेखि कार्यालयको कामकारबाहीलाई व्यवस्थित रूपमा अघि बढाउन आग्रह गरेका हुन् ।
सूचनामा सबै कर्मचारीहरूलाई आ-आफ्नो कार्यालय परिसरको सरसफाइ गर्न र कार्यालयमा भएको क्षति, जलेर वा नष्ट भएका सामग्रीहरूको यथार्थ विवरण संकलन गर्न भनिएको छ।
मर्मत गरेर पुनः प्रयोग गर्न सकिने र प्रयोगमा ल्याउन मिल्ने सामग्रीहरूको छुट्टाछुट्टै सूची तयार गरी आफ्नो तालुक कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पेस गर्न निर्देशन दिइएको छ।
त्यस्तै, भरतपुर र नारायणगढ बजार क्षेत्रभित्रका इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई दिउँसो २ बजेसम्म कार्यालय सञ्चालन गरी सेवा प्रवाहको व्यवस्था मिलाउन पनि प्रशासनले आग्रह गरेको छ।
प्रशासनले सबै कार्यालयहरूलाई आफ्नो अवस्थाको विश्लेषण गरी नियमित रूपमा सेवा प्रवाह सुचारु गर्न आवश्यक आन्तरिक तयारी गर्नसमेत निर्देशन दिएको छ। कार्यालयमा भएको क्षतिको मूल्याङ्कन गरी कानुनी रूपमा दस्ताबेज तयार पार्ने प्रयोजनका लागि छिट्टै थप सूचना सार्वजनिक गरिने सूचनामा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण