समाधान हामी बिचमै छ : पारस खड्का
बिहीबार, २६ भदौ २०८२, ११ : १७
सारांश
- पारस खड्काले नयाँ र पुराना पुस्ताको नेतृत्वले परिवर्तन ल्याउनुपर्ने बताए।
- उनले जेनजी पुस्तालाई सहयोग गर्नुपर्ने र देशलाई ठूलो क्षति हुनबाट जोगाउनुपर्ने कुरामा जोड दिए।
- खड्काले देशमा शान्ति र स्थिरता कायम राख्न सबैलाई सहयोगको अनुरोध गरेका छन्।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले समाधान हामी बिचमा नै भएको र मौका नपाएर नदिएको उल्लेख गरेका छन् ।
खड्काले बिहीबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै नयाँ र पुराना पुस्ताको सक्षम नेतृत्वले परिवर्तन ल्याउन सुधारिएको व्यवस्थित प्रबन्ध अनि जिम्मेवारी बोक्नुपर्ने भएकाले आफूहरूले जेनजी पुस्तालाई सहयोग गर्नुपर्ने बताए ।
साथै उनले देशमा अमूल परिवर्तनको उद्देश्यका साथ हिँड्नु भएका नयाँ र पुराना नेतृत्व सबैलाई सम्हालिएर देशलाई ठुलो क्षति हुनबाट बचाउन खड्काले अनुरोध पनि गरेका छन् ।
‘सबै जना एउटै ठाउँमा आएर अहिलेको परिस्थितिलाई सम्हाली देशमा ठुलो क्षति हुन नदिई, शान्ति र स्थिरता कायम गर्न सबैलाई सहयोगको अनुरोध गर्दछु ,’ खड्काले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण