दीपकराज गिरी भन्छन्– सबैको विचारको प्रतिनिधित्व अहिलेको आवश्यकता
सारांश
- कलाकार दीपकराज गिरीले सबैको विचारको प्रतिनिधित्व हुने गरी अघि बढ्नुपर्ने बताएका छन्।
- उनले जेनजीको आन्दोलनमा भएको क्षति र स्वार्थ समूहको घुसपैठबारे चिन्ता व्यक्त गरे।
- गिरीले भ्रष्टाचार र सुशासनको माग सम्बोधन गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ । कलाकार दीपकराज गिरीले सबैको विचारको प्रतिनिधित्व हुनेगरी अघि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेका हुन् ।
‘जेनजीको आन्दोलनले सफलता पाए पनि उसको चाहना विपरीत यति ठुलो भौतिक र मानवीय क्षति हुन पुगेको छ, त्यसको कारण त्यहाँ अनेकौँ स्वार्थ समूहको घुसपैठ पनि भएको देखिन्छ ! प्राप्त भिडियोहरूको प्रमाणले पनि त्यस्तै भन्छ !’
उनले अगाडि भनेका छन्- ‘ठिक त्यसै गरेर अहिले पनि त्यस्तै प्रकारको भिन्न भिन्न समूहहरूबाट मिसलिडिङ हुनुपर्ने खतराबाट बच्नुपर्ने अवस्था छ जेनजी ।’ उनले त्यस्ता समूहले आ–आफ्ना स्वार्थ अनुसार गलत सल्लाह दिएर देशलाई ठुलो द्वन्द्वमा धकेल्न सक्ने बताएका छन् ।
‘भ्रष्टाचार तथा सुशासनलगायतका प्रमुख मागहरू सम्बोधन हुने प्रत्याभूति सहित भबिष्यमा राष्ट्रिय एकता पनि कायम हुने गरेर सबैको बिचारको प्रतिनिधित्व हुने गरी अघि बढ्नु नै आजको आवश्यकता हो जस्तो लाग्छ !’, उनले थपे- ‘यसका लागि नागरिक समाजले पनि अघि बढेर सहयोग गर्नुपर्ने देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण