इन्डोनेसियामा भीषण बाढी, १९ को मृत्यु, १० बेपत्ता
सारांश
- इन्डोनेसियाको बाली र पूर्वी नुसा तेङ्गारा प्रान्तमा बाढीले १९ जनाको ज्यान लिएको छ भने १० जना बेपत्ता भएका छन्।
- बाढीका कारण घर र खेतीयोग्य जमिनमा क्षति पुगेको छ, जसले गर्दा स्थानीय बासिन्दा उच्च स्थानमा जान बाध्य भएका छन्।
- मौसम विज्ञान एजेन्सीका अनुसार बालीमा भारी वर्षा भएको थियो र यस हप्ता भारी वर्षा जारी रहने चेतावनी दिइएको छ।
जकार्ता । भारी वर्षापछि आएको बाढीले इन्डोनेसियाको बाली टापु र पूर्वी नुसा तेङ्गारा प्रान्तमा कम्तीमा १९ जनाको ज्यान लिएको छ भने १० जना अझै बेपत्ता भएका छन् ।
बालीस्थित राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीकी प्रवक्ता गुस्ती आयु केतुत विजयन्तीका अनुसार आकस्मिक बाढीमा बालीमा मात्र १३ जनाको मृत्यु भएको र छ जना बेपत्ता छन् । साथै विभिन्न क्षेत्रमा १८ वटा भूस्खलन र बाढीको खबर आएको छ ।
देशको मौसम विज्ञान, जलवायु विज्ञान तथा जियोफिजिक्स एजेन्सीले मङ्गलबार र बुधवारबिच बालीका केही भागमा एक सय ५० मिलिमिटरसम्म वर्षा रेकर्ड गरिएको जनाएको छ । यस सप्ताहभरि भारी वर्षा निरन्तर हुने चेतावनी पनि दिइएको छ ।
पूर्वी नुसा तेङ्गारा प्रान्तमा बाढीले घर र खेतीयोग्य जमिनमा ठुलो क्षति पुर्याएको छ, जसका कारण स्थानीय बासिन्दाहरूलाई सुरक्षित उच्च स्थानमा जान बाध्य बनाएको छ । प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सीका आपत्कालीन एकाइ प्रमुख ग्यास्पर लोसा मनिसाका अनुसार त्यहाँ छ जनाको मृत्यु भएको र चार जना बेपत्ता छन् । उद्धार कार्य जारी छ ।
इन्डोनेसियामा सामान्यतया नोभेम्बरदेखि अप्रिलसम्म वर्षा ऋतु रहन्छ । यस अवधिमा बाढी, भूस्खलन र सम्बन्धित रोगहरूको जोखिम उच्च हुन्छ । तर जलवायु परिवर्तनका कारण वर्षा ऋतु लामो हुँदै गएको र हालका वर्षहरूमा तीव्र वर्षा बढेकाले प्रकोप अझ गम्भीर बन्न थालेको विज्ञहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण