शुक्रबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल भाद्र २७ गते शुक्रबारको जानकारी दिइएको छ।
- मेषदेखि मीन राशिसम्मको राशिफल र बारबेलाको जानकारी दिइएको छ।
- राहुकाल बिहान १०:२६ देखि ११:५९ सम्म रहने र शुभ कार्य नगर्न अनुरोध छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल भाद्र २७ गते । शुक्रबार । ईश्वी सन् २०२५ सेप्टेम्बर १२ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–पञ्चमी, १९ घडी २५ पला, दिउसो १ बजेर ३४ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–भरुणी, २६ घडी ३४ पला, बेलुकी ४ बजेर २५ मिनेट उप्रान्त कृतिका । योग– व्याघात, ३२ घडी ४८ पला, बेलुकी ६ बजेर ५५ मिनेट उप्रान्त हर्षण । करण–तैतिल, दिउसो १ बजेर ३४ मिनेट उप्रान्त गर, रातको १२ बजेर २० मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–मेष, बेलुकी १० बजे उप्रान्त वृष । पञ्चमी श्राद्ध ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १० मिनेट । दिनमान ३० घडी ५७ पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर ४८ मिनेटसम्म चर बेला ।
- बिहान ५ बजेर ४९ मिनेटदेखि बिहान ७ बजेर २१ मिनेटसम्म लाभ बेला ।
- बिहान ७ बजेर २२ मिनेटदेखि बिहान ८ बजेर ५३ मिनेटसम्म अमृत बेला ।
- बिहान ८ बजेर ५४ मिनेटदेखि बिहान १० बजेर २६ मिनेटसम्म काल बेला ।
- बिहान १० बजेर २७ मिनेटदेखि बिहान ११ बजेर ५९ मिनेटसम्म शुभ बेला ।
- मध्यान्ह १२ बजेर ० मिनेटदेखि दिउसो १ बजेर ३२ मिनेटसम्म रोग बेला ।
- दिउसो १ बजेर ३३ मिनेटदेखि दिउसो ३ बजेर ५ मिनेटसम्म उद्वेग बेला ।
- दिउसो ३ बजेर ६ मिनेटदेखि बेलुकी ४ बजेर ३८ मिनेटसम्म चर बेला ।
- बेलुकी ४ बजेर ३९ मिनेटदेखि बेलुकी ७ बजेर ३८ मिनेटसम्म रोग बेला ।
नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान १० बजेर २६ मिनेटदेखि मध्यान्ह ११ बजेर ५९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर १२ मिनेटदेखि बिहान ४ बजेर ५० मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चून,चे,चो,ला,लि,लू,ले,लो,अ) घरमै बसेर अध्ययनलाई निरन्तरता दिन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरूबिच घनिष्ठता बढेर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । बाहिरी वातावरण तथा यात्रा गर्दा ध्यान दिनुहोला ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । परिवार तथा आफन्तजन तपाईँदेखि टाढिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परेको भान हुनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । अध्ययनमा सोचे अनुरूप प्रगति नहोला । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तर पनि परिवार तथा आफन्तहरू तपाईँको कामदेखि प्रसन्न हुनेछन् । दाजुभाइ बाट राम्रै सहयोग प्राप्त हुनेछ । माया प्रेममा विश्वासको वातावरण झन् कसिलो भएर जानेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बुवा तथा बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगीहरूले तपाईँकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा घरमै बसेर पढाइ लेखाइलाई निरन्तरता दिन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । यात्रा गर्दा ध्यान दिनुहोला ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धर्म, संस्कृति तथा आफ्नो रीतिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइलाई घरबाट नै भए पनि निरन्तरता दिन सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेको छ । साथीभाइ तथा आफन्तहरूको सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ समयले साथ दिने हुनाले मन प्रसन्न रहने तथा भाग्य वृद्धि हुनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ऋण,रोग तथा सङ्कटको सामना गर्नुपर्नेछ भने यही बेलामा आयस्रोतका बाटाहरू साँघुरा हुनेछन् । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । खानपानमा विशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदीबहिनी सँग साना साना कुरामा मनमुटाब बढ्नेछ । यात्रा गर्दा सावधानी अपनाउनु होला आजको दिन मध्यम रहेको छ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मायाप्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग कुराकानी गर्न पाउँदा खुसी भएको महसुस गर्नेछन् । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनलाई घरमै बसेर निरन्तरता दिन सकिने तथा प्रविधिको प्रयोग गर्न सकिनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्यले साथ दिने हुँदा साहसिलो काम गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराई परिणाममुखी नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । तर पनि समय प्रतिकुल भएकोले बाहिरी वातावरण वा यात्रा गर्दा ध्यान दिनुहोला ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काममा अनायासै हस्तक्षेप गर्नेहरूलाई किनारा लगाउँदै अगाडी बढ्न सकिनेछ । अध्ययनमा घरमै बसेर प्रगति गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नको व्यवसाय फस्टाएर जानेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीको हरेका पाइलामा समर्थन पाइने योग रहेको छ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घर परिवार,आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुनसक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूका लागि भने समय उत्तम रहेको छ । तपाईँले सुरु गर्नुभएको काममा विभिन्न वाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपाईँले बनाएका गोप्य योजनाहरू सार्वजनिक गर्न केही समय पर्खँदा राम्रो हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) वादविवाद तथा प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ । दाजुभाइ तथा छिमेकी सँगको सम्बन्ध सुदृढ भएर जानेछ । घरमै बसेर अध्ययनमा सफलता प्राप्त गर्न सक्नेछन् । माया प्रेम तथा पति पत्नी बिच विश्वासको वातावरणमा थप प्रगाढता आउनेछ । जीवन शैलीमा सुधार हुनुको साथै समयको महत्त्व बुझ्दा अगाडी बढ्न सहज हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समाजमा बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै थोरै कामहरू गर्न सकिनेछ । दैनिक उपभोग्य बस्तुको व्यापारमा बढोत्तरीको योग रहेको छ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरू समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरूलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मीयता बढ्नेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण