चार्ली कर्क हत्या प्रकरणमा सन्दिग्धको नयाँ तस्बिर सार्वजनिक
सारांश
- एफबीआईले चार्ली कर्कको हत्यामा संलग्न एक संदिग्ध व्यक्तिको तस्बिर सार्वजनिक गरेको छ।
- प्रहरीले घटनास्थल नजिकैको जंगलमा राइफल फेला पारेको छ, जसले अनुसन्धानलाई सघाउ पुर्याएको छ।
- चार्ली कर्क एक रूढिवादी कार्यकर्ता थिए र उनको युटाहको कलेजमा गोली हानी हत्या गरिएको थियो।
वासिङ्टन डीसी । अमेरिकामा चार्ली कर्कको हत्या प्रकरणमा एफबीआईले बिहीबार राति एक सन्दिग्धको तस्बिर सार्वजनिक गरेको छ । यस मामिलामा अहिलेसम्म कुनै पनि सन्दिग्ध हिरासतमा छैन । सन्दिग्ध भनेर तस्बिर बाहिरिएको व्यक्तिको नाम प्राप्त प्रहरीलाई प्राप्त भएको स्रोतहरूले बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।
यसअघि एफबीआईले यस मुद्दासँग सम्बन्धित जानकारी दिनेलाई क लाख डलरको इनाम घोषणा गरेको थियो । गोली चलाएको ठाउँ नजिकैको जङ्गलमा प्रहरीले राइफल फेला परेको छ । सन्दिग्ध व्यक्ति कलेजका विद्यार्थी जस्तो देखिने अधिकारीहरूले भनेका छन् ।
गोली हानेपछि ती व्यक्ति छतबाट घाँसे मैदानमा हाम फाले र भागेको अनि कार पार्क हुँदै बाहिर निस्केको बताइएको छ ।
चार्ली कर्क अमेरिकाका हाई–प्रोफाइल रूढिवादी कार्यकर्ता र मिडिया व्यक्तित्वमध्ये एक थिए । कर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासिलो सहयोगी पनि थिए । ३१ वर्षीय कर्कले देशभरका कलेज क्याम्पसहरूमा खुला बहस आयोजना गर्थे । बुधबार युटाहको एक कलेजमा यस्तै बहसका बीचमा उनको गोली हानी हत्या गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण