१२ बजे १२ समाचार: प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणादेखि विराटनगरबाट छैटौँ प्रधानमन्त्रीसम्म
सारांश
- विराटनगरले सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्रीको रूपमा पाएको छ।
- जेनजी आन्दोलनपछि चार दलभित्र नेतृत्व हस्तान्तरणको दबाब बढेको छ।
- जेनजी आन्दोलनका कारण देशभरका होटलमा क्षति पुगेको छ, र सेयर कारोबार स्थगित गरिएको छ।
काठमाडौँ । रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा हामी सधैँझैँ आज पनि हामी १२ बजे १२ समाचार लिएर आएका छौँ–
१. प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव मिति घोषणा
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका हुन् ।
२. विराटनगरबाट छैटौँ प्रधानमन्त्री
विराटनगरले छैटौँ प्रधानमन्त्री पाएको छ । शुक्रबार पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले शपथ लिएसँगै विराटनगरले छैटौँ प्रधानमन्त्री पाएको हो ।
विराटनगरबाट पहिलो प्रधानमन्त्री मातृकाप्रसाद कोइराला भएका थिए भने दोस्रो प्रधानमन्त्री बीपी कोइराला भएका थिए ।
३. देखिएनन् ओलीसहितका नेता
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पद गुमाएका केपी शर्मा ओली देखिएनन् । यस्तै पूर्वप्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल र झलनाथ खनाल पनि देखिएनन् ।
४. सुशीला बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । जेनजी आन्दोलनको सफलतापछि उनी अन्तरिम सरकारको नेतृत्व गर्दै देशको प्रधानमन्त्री नियुक्त भएकी हुन् ।
५. जेनजी आन्दोलनको प्रभाव
जेनजी आन्दोलनपछि चार दलभित्र नेतृत्व हस्तान्तरणको दबाब बढ्न थालेको छ ।
६. जेनजी आन्दोलनका असर
जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते दिउँसो विराटनगरस्थित कोइराला निवासमा सधैँजस्तै महानगरका एक जना सुरक्षाकर्मी र एक युवक सुरक्षार्थ तैनाथ थिए । बाहिरको हल्लाखल्लाले उनीहरुलाई हल्का डर लागेकै थियो । दिउँसो २ बजेतिर १०–१५ जनाको हुल कोइराला निवास आयो । ढुंगामुढा गर्यो र फर्कियो । सुरक्षामा बसेका उनीहरुलाई लाग्यो अब संकट टर्यो ।
७. विघटनको विरोध
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद् विघटन गर्ने निर्णय गरिएको भन्दै आपत्ति जनाएको छ।
शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको आकस्मिक भर्चुअल बैठकले वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै संसद् विघटनप्रति गम्भीर असहमति जनाएको हो।
८. आन्दोलनबाट भएको क्षति
जेनजी आन्दोलनका नाममा अराजक समूहले गरेको तोडफोड र आगजनीले देशभरका करिब २ दर्जन होटलमा ठुलो क्षति पुगेको छ । होटल सङ्घ नेपालका अनुसार विभिन्न सहरमा गरी सो बराबरको क्षति पुगेको हो ।
९. खेलकुद
१०. उथलपुथल
२०४६ सालको जनआन्दोलनको बलमा बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि नेपालमा हरेक १०/१० वर्षमा उथलपुथल भएको देखिन्छ । तत्कालीन नेपाली कांग्रेस र संयुक्त वाममोर्चाले गरेको आन्दोलनको बलमा २०४६ चैत २६ गते ३० वर्षे निरङ्कुश पञ्चायती व्यवस्था ढल्यो ।
११. सेयरको कुरा
जेनजी आन्दोलनका कारण यो साता तीन दिन कारोबार स्थगित गरिएको पुँजीबजार आगामी साताभर बन्द रहने जनाइएको छ ।
१२. ४१ मृतकको सनाखत
जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ४१ जनाको सनाखत भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण