महोत्तरीको जनजीवन सामान्य बन्दै
सारांश
- महोत्तरी जिल्लामा लगाइएको निषेधाज्ञा फिर्ता भएसँगै जनजीवन सामान्य बनेको छ।
- जलेश्वर कारागारबाट भागेका ४७६ कैदीबन्दी अझै फर्केका छैनन्।
- फरार कैदीबन्दीलाई फर्किन आह्वान गरिएकोमा हालसम्म एक सय जना फर्किएका छन्।
महोत्तरी । जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाइएको निषेधाज्ञा फिर्ता गरेसँगै महोत्तरीको जनजीवन आजदेखि सामान्य बनेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले निषेधाज्ञा फिर्ता गरिएसँगै आजदेखि जिल्लाको जनजीवन सामान्य बनेको हो ।
स्थानीयको चहलपहल बढेको छभने हाटबजार, पसल, कलकारखाना, यातायात, शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालय, सङ्घसंस्था, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको छ ।
यसैबीच, जेनजीको आन्दोलनका कारणमा जलेश्वर कारागारबाट भागेका चार सय ७६ कैदीबन्दी अझै फर्किएका छैनन् । गत मङ्गलबार राति जलेश्वर कारागारबाट पाँच सय ७६ कैदी फरार भएका थिए । एक सय जना कैदीबन्दी मात्र फर्केर आएका छन् भने चार सय ७६ कैदीबन्दी अझै फरार नै रहेका जेलर अशोक क्षेत्रीले जानकारी दिए ।
बुधबार कारागार प्रशासनले फरार कैदीबन्दीलाई फर्किन आह्वान गरेपछि आज बिहानसम्म चार भारतीयसहित एक सय जना कारागारमा आइसकेका र अझै आउने क्रम जारी रहेको उनले बताए । भागेका कैदीबन्दीलाई सुरक्षाकर्मीले खोजतलास गरिरहेको प्रमुख जिल्ला अधिकारी रिसालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण