सरकारी कार्यालयमा तोडफोड र आगजनी भएपछि कञ्चनपुरका स्थानीय तहमा सेवा सञ्चालनमा समस्या
सारांश
- कञ्चनपुरमा जेनजी आन्दोलनका कारण सरकारी कार्यालयमा तोडफोड र आगजनी हुँदा सेवा सञ्चालनमा समस्या भएको छ।
- कृष्णपुर नगरपालिकाका अनुसार कम्प्युटर, कागजात र फर्निचर जलेर नष्ट हुँदा सेवा प्रवाह तत्काल सुरु हुन सकेको छैन।
- जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र कारागारमा समेत क्षति पुगेको छ, जसले गर्दा सेवा प्रभावित भएको छ।
धनगढी । जेनजी आन्दोलनका क्रममा कञ्चनपुरका धेरै सरकारी कार्यालयमा तोडफोड र आगजनी भएपछि स्थानीय तहमा सेवा सञ्चालनमा समस्या परेको छ।
कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टका अनुसार कम्प्युटर, कागजात र फर्निचर जलेर नष्ट भएकाले तत्काल सेवा प्रवाह गर्न नसकिने अवस्था छ। ‘केही शाखामा अलिकति मात्रै सामग्री बाँकी छ, अहिले सरसफाइ र क्षतिको विवरण सङ्कलनमा ध्यान दिइरहेका छौँ,’ उनले भने।
कञ्चनपुरमा मात्रै करिब ३० सरकारी कार्यालयमा क्षति पुगेको प्रशासनले जनाएको छ। शुक्लाफाँटा नगरपालिकासहित वडा नं १ देखि १२ सम्मका कार्यालय पूर्ण रूपमा नष्ट भएका छन्। त्यस्तै दोधारा चाँदनी, पुनर्वास, भीमदत्त, बेलडाँडी र वेदकोटलगायतका स्थानीय तहका कार्यालयमा समेत क्षति पुगेको छ।
जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेट र कारागारमा समेत तोडफोड र आगजनी भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा समेत असर परेको छ।
सरकारी कार्यालयसँगै नेताहरूका निजी घर, पार्टी कार्यालय र व्यावसायिक प्रतिष्ठानमा पनि तोडफोड र आगजनी गरिएको प्रहरीले जनाएको छ। यसले कर्मचारी त्रसित बनेका छन् र सेवा प्रवाह कहिले सञ्चालन हुन्छ भन्ने अझै अन्योलमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण