सिरी ए : नापोलीको सहज जित
सारांश
- नापोलीले इटालियन सिरी ए फुटबलमा फ्रोन्टिनालाई ३-१ गोलले पराजित गरेको छ।
- केभिन डी ब्रुयना, रसमस होजलुन्ड र साम बेउकेमाले नापोलीका लागि गोल गरे।
- जितसँगै नापोली ९ अंकसहित शीर्ष स्थानमा छ, जबकि फ्रोन्टिना १३औं स्थानमा छ।
काठमाडौँ । इटालियन सिरी ए फुटबलमा नापोलीले फ्रोन्टिनामाथि ३–१ गोलको सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा नापोलीलाई जित दिलाउन केभिन डी ब्रुयना, रसमस होजलुन्ड र साम बेउकेमाले एक–एक गोल गरे ।
यता फ्रोन्टिनाका लागि लुका रानीरीले एक गोल गरे । फ्रोन्टिनाको घरेलु मैदानमा खेलको छैटौं मिनेटमा डी ब्रुयनाले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए ।
खेलको १४औँ मिनेटमा रसमसले गोल गर्दैै नापोलीको अग्रता दोब्बर पारे । खेलको ५१औँ मिनेटमा बेउकेमाले गोल गर्दै नापोलीलाई ३–० गोलको अग्रता दिलाए ।
खेलको ७९औँ मिनेटमा लुकाले फ्रोन्टिनाका लागि एक गोल फर्काएपनि नापोलीले ३–१ गोलको जित निकाल्न सफल भयो ।
जितसँगै नापोली तीन खेलबाट ९ अंक जोडरे तालिकाको शीर्ष स्थानमा छ । समान अंक भएको युभेन्टस गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ ।
पराजित फ्रोन्टिना २ अंक सहित तालिकाको १३औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण