होयलन्डको शानदार डेब्यु, नापोलीको सहज ३–१ को जीत
सारांश
- नापोलीले सेरी ए मा फियोरेन्टिनालाई ३-१ ले पराजित गर्यो।
- म्यानचेस्टर युनाइटेडबाट आएका रस्मस होयलन्डले डेब्यु खेलमा गोल गरे।
- जितसँगै नापोली युभेन्टसलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो।
नापोल । इटालियन च्याम्पियन नापोलीले सेरी–एमा फिओरेन्टिनामाथि ३–१ को सहज जित दर्ता गरेको छ।
नापोलीमा भर्खरै मात्र म्यानचेस्टर युनाइटेडबाट ऋणमा आएका डेनमार्कका स्ट्राइकर रस्मस होयलन्डले डेब्यु खेलमै गोल गर्दै चम्किएका छन्। २२ वर्षीय होयलन्डले खेलको १४औँ मिनेटमा लियोनार्डो स्पिनाज्जोलाको पासमा डी गेयालाई छकाउँदै नापोलीलाई २–० को अग्रता दिलाए।
खेलको छैटौँ मिनेटमै केभिन डी ब्रुयनाले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। दोस्रो हाफको सुरुवातमै साम ब्युकमाले कार्नरबाट थप गोल गर्दै नापोलीलाई सहज अवस्थामा पुर्याए।
घरेलु टोली फिओरेन्टिनाले अन्तिमतिर ७९औँ मिनेटमा लुका रानिएरीको गोलमार्फत एक गोल फर्काए पनि नापोलीका गोलरक्षक भान्या मिलिन्कोभिच–साभिचले अन्तिम समयमा उत्कृष्ट बचाउ गर्दै जित सुरक्षित गरे।
यो जितसँगै प्रशिक्षक एन्टोनियो कोन्टेको टोली अंक तालिकामा युभेन्टसलाई गोलअन्तरका आधारमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण