अपडेट
चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द
आइतबार, २९ भदौ २०८२, १२ : १०
सारांश
- यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण अनिश्चितकालका लागि बन्द गरेको छ।
- भदौ २३ र २४ गतेको विरोध प्रदर्शनमा विभागमा तोडफोड, आगजनी र चोरी भएको थियो।
- इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेका कारण सेवा अवरुद्ध भएको हो।
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको घोषणा गरेको छ ।
विभागले जारी गरेको सूचनामा भदौ २३ र २४ गते भएको विरोध प्रदर्शनको क्रममा विभागको संरचनामा भएको तोडफोड, आगजनी र चोरी/लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेको उल्लेख छ । यस कारण विद्युतीय सवारी साधन दर्ता प्रणालीसहित सूचना प्रविधिसम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध भएको विभागले जनाएको हो ।
विभागका अनुसार अर्को सूचना नभएसम्म चालक अनुमतिपत्र छपाइ र वितरण लगायतका सबै सूचना प्रविधि आधारित सेवा बन्द रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण