अपडेट
जेनजीको पत्रकार सम्मेलनमा कुटाकुट
घुसपैठको आशङ्का
आइतबार, २९ भदौ २०८२, १७ : ४१
सारांश
- काठमाडौंमा जेनजीजको विषयमा भइरहेको विवादबारे आयोजित पत्रकार सम्मेलनमा कुटाकुट भएको छ।
- हामी नेपाल नामक संस्थाका सुदन गुरुङले धारणा राख्ने क्रममा विवाद सुरु भएको थियो।
- पत्रकार सम्मेलनमा उपस्थित युवा र सञ्चारकर्मीबीच हातपात हुँदा कुटाकुट भएको हो।
काठमाडौँ । जेनजीजका विषयमा भइरहेको विवाद लगायतका विषयमा हामी नेपाली नामक संस्थाले रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुटाकुट भएको छ ।
आइतबारको पत्रकार सम्मेलनका क्रममा हामी नेपाल नामक संस्थाका सुदन गुरुङले धारणा राखिरहँदा विवाद भएको थियो ।
पत्रकार सम्मेलनमा उपस्थित भएका केही युवाहरूले सञ्चारकर्मीसँग विवाद र हातपात गरेपछि कुटाकुटको अवस्था आएको हो ।
पत्रकार सम्मेलनमा क्रममा उपस्थित भएका युवाहरूबिच समेत एकआपसमा विवाद भएको थियो । केही युवाहरूले पत्रकार सम्मेलनमा घुसपैठ भएको आशङ्का गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण