फुटबल
पीएसजीको सहज जितमा बारकोलाको दुई गोल
आइतबार, २९ भदौ २०८२, २३ : २९
सारांश
- ब्राडली बारकोलाको दुई गोलको मद्दतले पीएसजीले फ्रेन्च लिग वानमा जित हासिल गर्यो।
- पीएसजीले आरसी लेन्सलाई २-० गोलले पराजित गर्यो, बारकोलाले दुई गोल गरे।
- जितसँगै पीएसजी शीर्ष स्थानमा रहँदै १२ अङ्क जोड्यो, लेन्स सातौँ स्थानमा छ।
काठमाडौँ । ब्राडली बारकोलाको दुई गोलको सहयोगमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले आरसी लेन्सलाई २-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन ब्राडली बारकोलाले दुई गोल गरे । उनले खेलको १५औँ मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ५१औँ मिनेटमा बारकोलाले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० गोलको जित दिलाएका हुन् ।
जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले शतप्रतिशत जित निकाल्दै १२ अङ्क जोडेको छ । पराजित लेन्स ६ अङ्क जोडेर तालिकाको सातौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण