घरेलु मैदानमा बार्सिलोनाको सहज जीत, भ्यालेन्सियाको पोस्टमा ६ गोल
सारांश
- बार्सिलोनाले भ्यालेन्सियालाई ६-० गोलले पराजित गरेको छ।
- फेर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोव्स्कीले बार्सिलोनाका लागि दुई-दुई गोल गरे।
- जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ।
काठमाडौँ । ला लिगामा बार्सिलोनाले घरेलु मैदानमा भ्यालेन्सियामाथि ६-० को शानदार जित हात पारेको छ।
बार्सिलोनाका लागि फेर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोव्स्कीले दुई-दुई गोल गरे। खेलको सुरुवातदेखि नै आक्रामक बनेको बार्सिलोनाले २९औँ मिनेटमा लोपेजमार्फत पहिलो गोल गर्दै अग्रता लियो। लोपेजले दोस्रो हाफमा ५६औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो गोल थपे।
दोस्रो हाफमा मैदान प्रवेश गरेका राफिन्हाले ५३औँ मिनेटमा गोल गर्दै अन्तर दोब्बर बनाए। उनले ६६औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीको चौथो गोल थपे।
रोबर्ट लेवान्डोव्स्कीले ७६औँ र ८६औँ मिनेटमा गोल गर्दै स्कोरलाई ६-० मा पुर्याए। उनको दोस्रो गोल सुरुमा अफसाइड घोषित भए पनि भिएआर परीक्षणपछि मान्यता दिइयो।
यो जितसँगै बार्सिलोनाले ३ अङ्क जोड्दै लिगमा आफ्नो दौड अझ मजबुत बनाएको छ। ४ खेलमा ३ जित र १ बराबरीसहित बार्सिलोना १० अं कका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण