नवनियुक्त अर्थमन्त्री खनालद्वारा पदभार ग्रहण
सारांश
- नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरे।
- राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ दिलाए।
- खनाल पूर्वसचिव समेत हुन्।
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । सोमबार दिउँसो मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सोमबार शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ दिलाएका थिए । उनले पदभार ग्रहण गरेसँगै टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउनेबारे अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।
अर्थ मन्त्रालयमा लामो समय बिताएका खनालले केही समयअघि मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षको रूपमा केपी ओली सरकारलाई करिब ४५० पृष्ठको प्रतिवेदन बुझाएका थिए। उनले अब त्यही प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी पाएका छन्।
खनालले २०६५ भदौ १५ देखि २०६७ चैत ३० सम्म अर्थ मन्त्रालयको सचिवको रूपमा काम गरेका थिए। त्यसअघि उनी २०६३ साउन २३ देखि राजस्व सचिव थिए। सचिवका रूपमा उनले डा. रामशरण महत, डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र भरतमोहन अधिकारीलगायतका मन्त्रीहरूसँग काम गरेका छन्।
भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा बजेट निर्माणको काम मन्त्रालयबाहिर भइरहेको थाहा पाएपछि उनले सचिव पदबाट राजीनामा दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण