विभिन्न कारागारबाट भागेका १० जना कैदी र थुनुवा पक्राउ
सारांश
- तनहुँ प्रहरीले कास्की, चितवन र नख्खु कारागारबाट भागेका ६ कैदी र ४ थुनुवालाई पक्राउ गरेको छ।
- जेनजी प्रदर्शनपछि तनहुँ जिल्ला प्रशासन कार्यालयमा भएको आगजनी र तोडफोडपछि आंशिक सेवा सुरु भएको छ।
- कार्यालयले भर्याङमुनि कम्प्युटर राखेर सेवा सुरु गरेको छ भने एक जनाको जनजाति प्रमाणितका लागि सिफारिस गरिएको छ।
तनहुँ। कास्की, चितवन र नख्खु कारागारबाट भागेका कैदीबन्दी तनहुँमा पक्राउ परेका छन् । यही भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण मुलुकका विभिन्न कारागारबाट फरार भएका ६ जना कैदीबन्दी र ४ जना थुनुवालाई तनहुँ प्रहरीले पक्राउ गरेको हो ।
कास्की कारागारका चार कैदी र दुई थुनुवा, चितवन कारागारका एक कैदी र एक थुनुवा, नख्खु कारागारका एक कैदी र एक थुनुवा पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए । पक्राउ परिएका कैदीबन्दीलाई सम्बन्धित कारागार पठाइएको उनले बताए ।
भर्याङमुनि कम्प्युटर राखेर प्रशासनका सेवा सुरु
‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले आजदेखि आंशिक सेवा प्रवाह सुरु गरेको छ । कार्यालयले भर्याङमुनि कम्प्युटर राखेर सेवा सुरु गरेको हो ।
आज एक जनाको जनजाति प्रमाणितका लागि सिफारिस सेवा प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए। सबै कोठाहरू जलेकाले व्यवस्थित गरेर सेवा प्रवाहलाई सहज बनाउने प्रयास भइरहेको उनले बताए ।
यही भदौ २४ गते प्रदर्शनकारीले कार्यालयमा आगजनी र तोडफोड गरेर भवनसहित गाडी र मोटरसाइकलमा क्षति पुर्याएका थिए । आगलागीबाट विभिन्न शाखामा क्षति पुग्नुका साथै कागजात, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएका कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आगजनीबाट कार्यालयको भवन तथा अन्य कार्यालय प्रयोजनका सामग्री जलेर नष्ट भएकाले वैकल्पिक व्यवस्था गरी आंशिक रूपमा सेवा सुरु गरिएको जानकारी दिए । उनका अनुसार नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी, कार्यालयका कर्मचारीलगायतको सहभागितामा आइतबार कार्यालय परिसरको सरसफाइ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण