ला लिगा: मालोर्कामाथि एस्पान्योलको ३-२ को जित
सारांश
- एस्पान्योलले ला लिगामा मालोर्कालाई ३-२ ले पराजित गर्यो।
- एस्पान्योलका लागि पेरे मिलाले पहिलो गोल गरे भने रोबर्टो फर्नान्डेजले पनि गोल गरे।
- मालोर्काका खेलाडीले दुई गोल फर्काएपनि एस्पान्योलले अन्ततः जित निकाल्यो।
काठमाडौँ । स्पेनीस ला लिगामा एस्पान्योलले घरेलु मैदानमा मालोर्कालाई ३-२ ले पराजित गरेको छ । नेपाली समयअनुसार मंगलबार बिहान १२ः २४ मा सुरु भएको खेलको पहिलो हाफमै एक खेलाडी गुमाए १० खेलाडीमा सीमित भएको एस्पान्योलले मालोर्काविरुद्ध ३-२ को जित हात पारेको हो ।
एस्पान्योलका लागि पेरे मिलाले २० औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि ३४औँ मिनेटमा रोबर्टो फर्नान्डेजले गोल गर्दै अन्तर २–० बनाए । तर पहिलो हाफकै अतिरिक्त समयमा मिलाले रातो कार्ड खाँदा एस्पान्योल १० खेलाडीमा झर्यो ।
मालोर्काले ४५ औँ मिनेटमा पाएको पेनाल्टी मार्फत भेडाट मुरीकीले गोल फर्काए । उनले ६५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ मा ल्याए । तर, अन्तिमतिर ८१ औँ मिनेटमा किके गार्सियाले पेनाल्टी गोल गर्दै एस्पान्योललाई ३-२ को जित दिलाए ।
यस जितसँगै एस्पान्योलले अङ्क तालिकामा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ भने मालोर्का भने निराश बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण