अपडेट
सुनको मूल्य तोलामा २ लाख १७ हजार नाघ्यो
मङ्गलबार, ३१ भदौ २०८२, १० : ४९
सारांश
- मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्दै २ लाख १७ हजार १०० रुपैयाँ पुग्यो।
- सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
- चाँदीको मूल्य पनि बढेर २ हजार ५९५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा मात्रै १ हजार ९०० रुपैयाँ बढेको छ ।
सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण