बुधबार कुन राशिको कस्तो ? हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल आश्विन १ गतेको बार, तिथि, नक्षत्र, योग र करणबारे जानकारी दिइएको छ।
- मेषदेखि मीन राशिसम्मका व्यक्तिका लागि राशिफल प्रस्तुत गरिएको छ, जसमा ग्रहको स्थितिका आधारमा फल बताइएको छ।
- शुभ कार्यका लागि लाभ बेला र अमृत बेलाको समय उपयुक्त हुने र राहुकालमा कुनै शुभ कार्य नगर्न सुझाव दिइएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल आश्विन १ गते । बुधबार । ईश्वी सन् २०२५ सेप्टेम्बर १७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–एकादशी, ४८ घडी ४४ पला, रातको १ बजेर २० मिनेट उप्रान्त द्वादशी । नक्षत्र–पुनर्वशु, ९ घडी २२ पला, बिहान ९ बजेर ३५ मिनेट उप्रान्त आद्र्रा । योग– परिध, ५१ घडी ४० पला, रातको २ बजेर ३० मिनेट उप्रान्त शिव । करण–बव, दिउसो १ बजेर ५८ मिनेट उप्रान्त बालव, रातको १ बजेर ३० मिनेट उप्रान्त कौलव । आनन्दादिमा–गद योग । चन्द्रराशि–कर्कट । आश्विन सङ्क्रान्ति। इन्दिरा एकादशी व्रत। एकादशी श्राद्ध। वास्तु दिवस। विश्वकर्मा पूजा।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४ मिनेट । दिनमान ३० घडी ३६ पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर ५० मिनेटसम्म लाभ बेला ।
- बिहान ५ बजेर ५१ मिनेटदेखि बिहान ७ बजेर २२ मिनेटसम्म अमृत बेला ।
- बिहान ७ बजेर २३ मिनेटदेखि बिहान ८ बजेर ५४ मिनेटसम्म काल बेला ।
- बिहान ८ बजेर ५५ मिनेटदेखि बिहान १० बजेर २५ मिनेटसम्म शुभ बेला ।
- बिहान १० बजेर २६ मिनेटदेखि बिहान ११ बजेर ५७ मिनेटसम्म रोग बेला ।
- बिहान ११ बजेर ५८ मिनेटदेखि दिउसो १ बजेर २९ मिनेटसम्म उद्वेग बेला ।
- दिउसो १ बजेर ३० मिनेटदेखि दिउसो ३ बजेर १ मिनेटसम्म चर बेला ।
- दिउसो ३ बजेर २ मिनेटदेखि बेलुकी ४ बजेर ३३ मिनेटसम्म लाभ बेला ।
- बेलुकी ४ बजेर ३४ मिनेटदेखि बेलुकी ७ बजेर ३३ मिनेटसम्म उद्वेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ११ बजेर ५७ मिनेटदेखि दिउसो १ बजेर २९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर १४ मिनेटदेखि बिहान ४ बजेर ५२ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा तथा आफन्तसँगको भेटघाटमा विवाद हुन सक्छ ध्यान दिनुहोला । प्रविधि तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले मनग्गे धन आर्जन गर्ने समय रहेको । तर पनि बैङ्क तथा वित्तीय क्षेत्रमा आम्दानी बढाउन सकिनेछ । सवारी साधनको खरिद बिक्रीबाट नाफा कमाउन सकिनेछ ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विगतमा गरिएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न रहनेछ । रोकिएर बसेका कामहरू सम्पादन हुनेछन् भने नयाँ काम गर्ने वातावरण बन्नेछ । सवारी साधन तथा मेसीनरी औजारको सरसफाइ तथा पूजापाठमा केही समय व्यातित हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गर्न सकिनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ प्रविधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका सम्बन्धहरू पुनः सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । मेसीनरी औजार तथा आफूले प्रयोग गर्ने सामानको सरसफाइ तथा पूजापाठमा समय व्यातित गर्न पाउँदा मन प्रसन्न हुनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्यक्तित्वसँग राय बाझिनेछ । तर पनि विदेशी सामानको व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तथा कामको सिलसिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ । पूजापाठ तथा धर्मकर्ममा समय व्यातित हुनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पैतृक धन तथा सञ्चित धन सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । इच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमङ्ग छाउनेछ । आफन्त तथा दाजुभाइको सहयोगले सवारी साधनको खरिद गर्न सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । पूजापाठ तथा सरसफाइमा समय खर्च हुनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । खाद्यान्न, कपडा, धार्मिक सामाग्री तथा गरगहनाको व्यापारमा प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिक करण गरी लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । मेसीनरी औजार सरसफाइ तथा पूजापाठमा समय व्यातित हुनेछ ।
- बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुनेछ । पढाइ लेखाइकै सिलसिलामा लामो तथा छोटो दुरीको यात्रा हुनेछ । स्वास्थ्य सबल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नी बिच अझ विश्वास बढेर जानेछ । खाद्यान्न, कपडा तथा निर्माण सामाग्रीको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । धार्मिक यात्रा हुने तथा धर्मकर्ममा मन जानेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था नाजुक हुन सक्छ । आफन्त तथा चेलीहरूसँग मनमुटाब सिर्जना हुनेछ । व्यस्तता बढे पनि कमाई भने न्यून नै रहनेछ । बोल्दा वा खानपानमा ध्यान दिनुहोला । तर पनि धार्मिक स्थल तथा पर्यटकीय स्थलको भ्रमण गर्ने अवसर जुर्नेछ । मेसीनरी औजार, भौतिक सम्पत्तिको सरसफाइ तथा पूजामा समय व्यातित हुनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । निर्माण सामाग्री तथा खाद्यान्नको व्यापार फस्टाएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको । प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । धर्मकर्म तथा सरसफाइमा समय व्यातित हुनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होइनेछ । खाद्यान्न, निर्माण सामाग्री, अटो पार्टस् तथा गरगहनाको व्यापारबाट नाफा कमाउन सकिनेछ । धार्मिक यात्रा हुने तथा धर्मकर्ममा मन जानेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय राम्रो रहेकोले थोरै समयमा उपलब्धिमूलक कामहरू बन्नेछन् । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरू बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पत्ति हात लागी हुनेछ । पढाइ लेखाइकै सन्दर्भमा लामो दुरीको यात्रा हुनेछ । सन्तान तथा आफन्तको सहयोग पाउँदा मन प्रसन्न हुनेछ । मेसीनरी औजार सरसफाइ तथा धर्मकर्म पूजापाठमा समय खर्च हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण