अपडेट
नवलपरासी पूर्व र रुपन्देहीका बासिन्दालाई सतर्क रहन आग्रह
बुधबार, ०१ असोज २०८२, ०९ : ३२
सारांश
- जल तथा मौसम विज्ञान विभागले नवलपरासी पूर्व र रुपन्देही जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
- नवलपरासी पूर्वको सेमारी वर्षा मापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेको छ।
- रुपन्देहीको तिनाउ खोलामा जलसतह सतर्कता तह पार गरिसकेको छ, तटीय क्षेत्रका मानिसलाई सतर्क रहन आग्रह छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नवलपरासी पूर्व र रुपन्देही जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
विभागले पछिल्लो ३ घण्टामा नवलपरासी पूर्वको सेमारी वर्षा मापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार भारी वर्षाका कारण सो क्षेत्र भएर बग्ने स-साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ।
यसैगरी, रुपन्देही जिल्लाको तिनाउ खोला बुटवल जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह पार गरिसकेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ। नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेका मानिसहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण