पत्रकारले सम्पत्तिबारे प्रश्न सोधेपछि भड्किए ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्प अस्ट्रेलियाली पत्रकारसँग व्यापार सम्झौताको विषयमा भड्किए।
- पत्रकारले सम्पत्तिबारे प्रश्न गर्दा ट्रम्पले अस्ट्रेलियालाई चोट पुर्याएको आरोप लगाए।
- ट्रम्पले पत्रकारलाई चुप लाग्न आग्रह गर्दै प्रधानमन्त्रीसँग भेट्ने बताए।
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक अस्ट्रेलियाली पत्रकारसँग भड्किएका छन् । पत्रकारले ट्रम्पलाई व्यापार सम्झौताको बारेमा प्रश्न गरेका थिए । यसको उत्तरमा ट्रम्पले पत्रकारलाई उनले अस्ट्रेलियालाई चोट पुर्याइरहेको भनेका थिए ।
अस्ट्रेलियाली प्रसारण निगम (एबीसी)का जोन लियोन्सले ट्रम्पलाई जनवरीमा दोस्रो कार्यकाल सुरु भएयता कति सम्पत्ति कमाउनुभयो भनेर सोधेका थिए ।
ट्रम्पले जवाफ दिए, ‘मलाई थाहा छैन ।’ आफ्ना छोराछोरीले पारिवारिक व्यवसाय व्यवस्थापन गरिरहेको पनि ट्रम्पले बताए । ‘मेरो विचारमा, तपाईँ अहिले अस्ट्रेलियालाई धेरै चोट पुर्याइरहनुभएको छ, र तिनीहरू मसँग राम्रो सम्बन्ध चाहन्छन् ।’ उनले भने ।
आफूले चाँडै अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेट्ने पनि ट्रम्पले बताए । ‘म उनलाई तपाईंको बारेमा भन्नेछु । तपाईँले धेरै खराब वातावरण सिर्जना गरिदिनु भएको छ’ ट्रम्पले भने ।
लियोन्सले अर्को प्रश्न सोध्न खोज्दा ट्रम्पले आफ्नो औँला आफ्नो ओठमा राख्दै ‘चुप लाग्नुहोस्’ भनेर अर्को पत्रकारतिर लागे । विनम्रतापूर्वक सही प्रश्न सोध्दा दुई देशबिचको सम्बन्ध बिग्रन सक्छ भनेर सोच्नु बेतुक भएको ट्रम्पको कडा प्रतिक्रियापछि लियोन्सले भनेका थिए ।
आफ्ना प्रश्नहरू वैध र अनुसन्धानमा आधारित भएको अनि अपमानजनक तरिकाले सोधिएका थिएन भन्ने उनको तर्क थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण