मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा
बिहीबार, ०२ असोज २०८२, ०८ : ४१
सारांश
- मुग्लिन-नारायणघाट सडकखण्डमा पहिरो पन्छाएपछि दुईतर्फी सञ्चालनमा आएको छ।
- सडक सुपरभाइजरका अनुसार बिहान ८:३० बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको हो।
- प्रहरीले यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ किनभने सडकखण्डमा पहिरो खस्ने क्रम जारी छ।
काठमाडौँ । तुइन खोला छेउमा सामान्य पहिरो खसेकोले एकतर्फी भएको मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
पहिरो पन्छाएसँगै बिहान ८ः३० बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।
यस सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्ने गरेकोले पछिल्लो समय सडक अवरुद्ध हुँदै आएको थियो । लगातार वर्षा भएसँगै ससाना पहिरो खस्ने क्रम जारी रहेकोले यात्रामा सावधानी अपनाउन प्रहरीले आग्रह गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण