आलियाले गरिन् संजु फिल्ममा रणबीरको अभिनयको तारिफ, बुवा ऋषि कपुरले सोधे – ‘विवाह कहिले गर्दै छौ ?’
नायक संजय दत्तको फिल्म ‘संजु’ मा रणबीर कपुरको अभिनयको तारिफ आलिया भट्टले पनि गरेकी छिन् । आलियाले संजु एक उत्कृष्ट फिल्म भएको र यसमा सबैले उत्कृष्ट काम गरेको बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘संजु निकै राम्रो फिल्म हो र यो फिल्ममा सबैले उत्कृष्ट काम गरेका छन् । रणबीरले फिल्ममा शानदार अभिनय गरेका छन् । म राजकुमार हिरानीको निकै ठूलो प्रशंसक हुँ र उनको फिल्म हेर्नका लागि आतुर छु । संजु पैसा वसुल छ ।’
बुवा ऋषिले भने, ‘विवाह कहिले गर्दै छौ ?’
यस्तै, रणबीरका बुवा ऋषि कपुरले ट्वीटरमा रणबीरलाई विवाह कहिले गर्ने भनेर प्रश्न सोधेका छन् । वास्तवमा रणबीर आफ्ना साथी अयान मुखर्जीसँग मुकेश अम्बानीका छोरा आकाशको प्रि–इन्गेजमेन्ट पार्टीमा समावेश भएका थिए र यसको फोटो ऋषिले सेयर गरेका छन् ।
यो फोटो सेयर गर्दै ऋषि कपूरले लेखे, ‘बेस्ट फ्रेन्ड, अब तपाईंहरु कहिले विवाह गर्दै हुनुहुन्छ ? यो सही समय हो ।’
सन् २०२० अघि हुनेछैन रणबीर–आलियाको विवाहः
बलिउडमा आजकाल रणबीर–आलियाको केमेस्ट्रि धेरै देखिएको छ र उनीहरुलाई थुप्रै पटक सँगै भेटिएको पनि छ ।
हालै रणबीर–आलियाका निकै नजिकका एक व्यक्तिले भनेका थिए, ‘आलिया अहिले आफ्नो करियरको निकै राम्रो अवस्थामा छिन् । उनी रणबीरलाई निकै माया गर्छिन् र दुबै एक अर्काप्रति निकै सिरियस छन् । उनीहरुले एकअर्कासँग पक्कै विवाह गर्छन् तर सन् २०२० भन्दा अघि यसको कुनै आशा छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण