तालिबान सरकारले जारी गर्यो महिलासँग सम्बन्धित नयाँ आदेश
सारांश
- तालिबान सरकारले विश्वविद्यालयबाट महिलाका पुस्तक हटाएको छ, जसमा मानवअधिकार र यौन उत्पीडनका विषय पनि परेका छन्।
- तालिबानले ६८० पुस्तकमाथि प्रतिबन्ध लगाएको छ, जसमध्ये १४० महिलाले लेखेका छन् र शरिया कानुन विपरीत रहेको बताएको छ।
- १८ विषय पढाउन रोक लगाइएको छ, र इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ, जसको उद्देश्य अनैतिकता रोक्नु रहेको बताइएको छ।
काबुल । अफगानिस्तानको तालिबान सरकारले नयाँ प्रतिबन्ध अन्तर्गत विश्वविद्यालयहरूबाट महिलाहरूले लेखेका पुस्तकहरू हटाएको छ । सोही आदेशले मानवअधिकार र यौन उत्पीडन जस्ता विषयहरूको पढाइलाई पनि निषेध गरेको हो ।
तालिबानले ६८० वटा पुस्तकहरूमाथि प्रतिबन्ध लगाएको छ, जसमा लगभग १४० वटा महिलाहरूले लेखेका छन् । यसमा रासायनिक प्रयोगशालामा सुरक्षा जस्ता पुस्तकहरू पनि छ । यी पुस्तकहरू आफ्नो नीति र शरिया कानुनको विरुद्धमा रहेको तालिबानले बताएको छ ।
विश्वविद्यालयहरूलाई अब १८ विषयहरू नपढाउन पनि आदेश दिइएको छ, जुन तालिबान अधिकारीहरूका अनुसार शरिया कानुनका सिद्धान्तहरू र प्रणालीको नीति अनुरूप छैनन् । यो आदेश विगत चार वर्षमा तालिबानद्वारा लगाइएका प्रतिबन्धहरूको शृङ्खलामा अर्को कदम हो ।
यसहप्ता, तालिबानको सर्वोच्च नेताको आदेशमा कम्तीमा १० प्रान्तहरूमा फाइबर–अप्टिक इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ । यसको उद्देश्य अनैतिकता रोक्नु भएको अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण