महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गको भवन मर्मतमा सहयोग
शुक्रबार, ०३ असोज २०८२, १४ : १५
काठमाडौँ । महालक्ष्मी विकास बैंकले आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त दरबारमार्गको कार्यालय भवन पुनर्निर्माण तथा मर्मत सम्भारका लागि आर्थिक सहयोग गरेको छ।
आगोझोंड र तोडफोडका कारण प्रशासनिक कार्य सञ्चालनमा कठिनाइ भएको प्रहरी वृत्त दरबारमार्गलाई तत्काल प्रयोगयोग्य बनाउन सहयोग गरिएको बैंकले जनाएको छ। यसबाट पुनर्निर्माण कार्य चाँडै सम्पन्न हुने र भवन पूर्ववत् अवस्थामा फर्किने विश्वास बैंकले व्यक्त गरेको छ।
बैंकका अनुसार हाल यसको सम्पूर्ण सेवा पूर्ण रुपमा सञ्चालनमा छन्। डिजिटल बैंकिङ सेवा सुरक्षित र व्यवस्थित रूपमा चलिरहेको र लेकसाइड शाखा बाहेक १०२ शाखामार्फत ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण