ला लिगा
ला लिगामा रियल बेटिसको शानदार जित
शनिबार, ०४ असोज २०८२, ०२ : ५५
सारांश
- रियल बेटिसले रियल सोसिडाडलाई ३-१ ले पराजित गर्दै महत्वपूर्ण जित हासिल गर्यो।
- कुचो हर्नान्डेजले सातौँ मिनेटमा गोल गर्दै बेटिसलाई अग्रता दिलाए, तर ब्राइस मेन्डेजले सोसिडाडका लागि १३ औं मिनेटमा गोल फर्काए।
- एलेक्स रेमिरोको आत्मघाती गोल र पाब्लो फोर्नाल्सको गोलले बेटिसको जित सुनिश्चित गर्यो।
काठमाडौँ । ला लिगाको शनिबार सम्पन्न खेलमा रियल बेटिसले रियल सोसिडाडलाई ३-१ ले हराउँदै महत्वपूर्ण जित हात पारेको छ।
खेलको सातौँ मिनेटमै कुचो हर्नान्डेजले गोल गर्दै बेटिसलाई अग्रता दिलाए। तर खेलको १३ औँ मिनेटमै ब्राइस मेन्डेजले गोल गर्दै सोसिडाडलाई खेलमा फर्काए।
दोस्रो हाफको सुरुवातमै सोसिडाडका गोलकिपर एलेक्स रेमिरोको आत्मघाती गोलले बेटिसलाई २-१ अग्रता दिलायाे । त्यसपछि ६९ मिनेटमा पाब्लो फोर्नाल्सले गोल गर्दै बेटिसकाे जित सुनिश्चित गरे।
बाँकी समयमा दुवै समूहबाट थप गोल हुन नसक्दा रियल बेटिसले ३-१ को नतिजासहित जित दर्ता गर्यो।
यो जितसँगै रियल बेटिसले तीन अङ्क हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण