अमेरिका : वयस्कहरूका लागि कोभिड–१९ खोप सिफारिस नगर्ने निर्णय
सारांश
- अमेरिकाको खोप अभ्यास सम्बन्धी सल्लाहकार समितिले सबै वयस्कका लागि कोभिड-१९ खोप सिफारिस नगर्ने निर्णय गरेको छ।
- समितिले खोपलाई वार्षिक रूपमा प्रयोग गर्न सिफारिस नगर्ने निर्णय गरेको छ, तर व्यक्तिहरूले चिकित्सकसँग परामर्श गरेर खोप लगाउन वा नलगाउन सक्नेछन्।
- स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरले समितिका सदस्यलाई बर्खास्त गरेपछि स्वास्थ्यकर्मीबीच असन्तुष्टि पैदा भएको थियो।
काठमाडौँ । अमेरिकाको खोप अभ्यास सम्बन्धी सल्लाहकार समितिले सबै वयस्कका लागि कोभिड–१९ खोप सिफारिस नगर्ने निर्णय गरेको छ।
महामारी सुरु भएदेखि नियमित रूपमा प्रयोग हुँदै आएको यो खोपलाई अब वार्षिक रूपमा प्रयोग गर्न सिफारिस नगर्ने निर्णय समितिले बहुमतबाट गरेको हो। व्यक्तिहरूले चिकित्सकसँग परामर्श गरेर खोप लगाउने वा नलगाउने निर्णय लिन भने सक्ने समितिले जनाएको छ।
दुई दिनसम्म चलेको बैठकमा समितिले संयुक्त दादुरा, मम्प्स, रुबेला र चिकेनपक्स खोपका सिफारिसहरू परिमार्जन गरेको छ भने हेपाटाइटिस बी खोपमा भने मतदान स्थगित गरेको छ।
यसअघि अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरले समितिका सबै १७ सदस्यलाई बर्खास्त गरी नयाँ सदस्य नियुक्त गरेका थिए। खोपबारे उनको आलोचनात्मक दृष्टिकोणका कारण यो निर्णयले स्वास्थ्यकर्मीबीच असन्तुष्टि पैदा गरेको थियो।
समितिको पछिल्लो निर्णयले ६५ वर्षभन्दा माथिका उच्च जोखिममा रहेका व्यक्तिलाई समेत समेट्दै वयस्कहरूको लागि व्यापक खोप सिफारिस औपचारिक रूपमा अन्त्य गरेको छ। उसो त यसअघि नै मे महिनाको सुरुदेखि अमेरिकामा कोभिड–१९ खोपको नियमित प्रयोग बन्द गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकलाई ककरोच जनता पार्टीको पत्र
-
चर्चित युट्युबर मिस्टरबिस्टले गरे विवाह
-
युक्रेनले रूसको अनलाइन रिटेल कम्पनीका थप दुई वटा गोदाममा गर्यो आक्रमण
-
सुकुमबासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण