अपडेट : बालाजु दुर्घटनामा घाइते भएकाहरूको दुईवटा अस्पतालमा उपचार हुँदै
सारांश
- काठमाडौँको बालाजु बाइपास चोकमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।
- दुर्घटनामा परेका घाइतेहरूको ग्रिनसिटी र सिल्भर लाइन अस्पतालमा उपचार भइरहेको छ।
- अनियन्त्रित भई दुर्घटना गराउने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ । काठमाडौँको बालाजुस्थित बाइपास चोकमा बस दुर्घटनामा परेर ३१ जना घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–१६ स्थित बाइपास चोकमा आइतबार बिहान दुर्घटनामा परेकाहरूको ग्रिनसिटी र सिल्भर लाइनमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
७ जनाको ग्रिनसिटी अस्पताल र २४ जनाको सिल्भर लाइन अस्पतालमा उपचार भइरहेको छ । लोलाङ हुँदै रत्नपार्क चल्ने बा.५ ख ५० नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
बस चालक गोरखा आरुघाट घर भएका २७ वर्षीय अनिल कार्कीलाई नियन्त्रणमा लिइएको एसपी बोहराले जानकारी दिए ।
ग्रिन सिटी अस्पतालमा उपचार भइरहेका घाइतेहरुः
१.सपना परियार, २२ वर्ष (धादिङ गंगाजमुना गाउँपालिका–५)
२. टेक बहादुर गुरुङ, ५८ वर्ष (गोरखा अरुघाट गाउँपालिका–८)
३.सन्दिप राई, १९ वर्ष (नुवाकोट, विदुर नगरपालिका–३)
४.सृजना गुरुङ, २९ वर्ष (धादिङ, नीलकण्ठ–१४)
५. शर्मिला तामाङ, २२ वर्ष (नुवाकोट ककनी गापा–६)
६.संगिता तामाङ, २४ वर्ष (नुवाकोट ककनी–६)
७. गिता ढकाल, ३५ वर्ष (नुवाकोट शिवपुरी गाउँपालिका–५)
सिल्भर लाइन अस्पतालमा उपचारार्थ घाइतेहरूको विवरण आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण