सहिदहरुप्रति ‘कमेडी दरबार’को ‘ट्रिब्युट’
काठमाडौँ । कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’ले सहिदहरुप्रति ट्रिब्युट एपिसोड सार्वजनिक गरेको छ । हास्य विधाको शो पहिलोपटक फरक तरिकाले निर्माण गरिँदै जेनजीको प्रदर्शनको क्रममा ज्यान गुमाइ सहिद भएका र मातृभूमिका लागि ज्यान बलिदान दिएका सम्पूर्ण सहिदहरुप्रति ट्रिब्युट गरिएको हो ।
उक्त एपिसोडमा नेपाली गीतसङ्गीतका लोकप्रिय गायक एसकुमार, हेमन्त शर्मा र गायिका इन्दिरा जोशीको पनि विशेष उपस्थिति रह्यो । उनीहरूले पनि गीत प्रस्तुत गरेका थिए ।
शोकी निर्देशक श्रद्धा प्रसाईंले देशमा घटेको विषम परिस्थिति र देश रोइरहेको समयमा हाँस्न र हँसाउन मन नलागेको बताइन् । उनले भनेकी छिन्, ‘थुप्रै युवाहरूले आफ्नो राष्ट्रका लागि ज्यान नै बलिदान दिनुभएको छ । यो पछिल्लो एपिसोडलाई हामीले तिनै सहिदहरुप्रति ट्रिब्युट दिएका हौँ ।’
शोका प्रस्तोता बिक्की अग्रवालका अनुसार शोको छायांकनको क्रममा अधिकांशको आँखामा आशु थियो । उपस्थित अतिथिहरू पनि भावुक देखिएका थिए । बिक्की र सजिना खनाल प्रस्तोता रहेको कमेडी दरबारको उक्त एपिसोडमा सिडी विजय अधिकारी, विश्वास तिम्सिना, पवित्रा शाकी (मिस पबि), सुजता श्रेष्ठ, सुन्दर खनाल, हिमेश पन्त र विकास अर्याल, सरोज भण्डारीको प्रस्तुति छ ।
कमेडी दरबारको अहिले सिजन २ प्रसारण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण