जेनजी प्रदर्शनमा बग्गीखानाबाट लुटेको ७ थान पेस्तोल ट्याक्सीको डिकीभित्र फेला
सोमबार, ०६ असोज २०८२, १७ : ३०
सारांश
- काठमाडौँको बालाजु क्षेत्रबाट प्रहरीले जेनजी प्रदर्शनमा लुटिएको ७ थान पेस्तोल बरामद गरेको छ।
- प्रहरीले पेस्तोल लुटेको आरोपमा हिराबहादुर मगरलाई पक्राउ गरेको छ, जो उदयपुरका हुन्।
- प्रहरीले मगरको ट्याक्सीको डिक्कीबाट ७ थान पेस्तोल र ३३ राउन्ड एसएलआरको गोली बरामद गरेको छ।
काठमाडौँ । जेनजी प्रदर्शनमा रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट लुटिएको ७ थान पेस्तोल प्रहरीले बालाजु क्षेत्रबाट बरामद गरेको छ । काठमाडौँ महानगरपालिका–१६ स्थित खरिबोटबाट ७ थान पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँकी डीएसपी पूर्णिमा चन्दले बताइन् ।
पेस्तोल लुटेको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर–८ घर भएका ३० वर्षीय हिराबहादुर मगरलाई प्रहरी वृत्त बालाजुको टोलीले पक्राउ गरेको छ । तारकेश्वरस्थित लोलाङ बस्दै आएका मगरले सो पेस्तोल आफुले चलाउँदै आएको बागमती प्रदेश–०१–००२ प ६४४९ नम्बरको ट्याक्सीको डिक्कीमा लुकाएर राखेका थिए ।
ट्याक्सीको डिक्कीबाट प्रहरीले पेस्तोल बरामद गरेको हो । सुराकको आधारमा प्रहरीले आइतबार टाइप–५४ पेस्तोल ७ थान र एसएलआरको गोली ३३ राउन्ड बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण